Monday 30th March 2026

अतिथि कलाकार निशान भट्टराइ भोली अपरान्ह कुवेत आइपुग्ने


तितोपाटी – कलाकार अक्षयकोष निर्माणार्थ अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा पर्सि शुक्रबार सम्पन्न गर्न लागिएको  बृहत् साँस्कृतिक कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार निशान भट्टराई भोली बुधबार अपरान्ह ४ः३० बजे कुवेत आइपुग्ने भएका छन् ।नेपाल आइडल २०१७ का फष्ट रनर अप भट्टराइ एअर अरबियाको उडानबाट कुवेत आउन लागेका हुन । मंचका अध्यक्ष सोम रसाईलीले तितोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका छन् ।

अतिथि कलालाकर भोली बुधबार अपरान्ह ४ः३० कुवेत आइपुग्ने भएकोले कलाकारहरुलाई स्वागतको लागी कुवेतमा कृयासिल सम्पूर्ण संघ-संस्थाका प्रतिनिधी , पत्रकार लगायत सम्पूर्ण कुवेतवासी नेपालीलाई कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा आइदिनहुनको लागी आयोजक ले अनुरोध गरेको छ ।

कार्यक्रम स्थल सम्म जानको लागि आयोजकले निःशुल्क यतायातको सुबिधाको पनि ब्यवस्था गरेको छ। कार्यक्रम स्थल सम्म जानको लागि कुबेत बिभिन्न ठाँउ हरु जस्तै फाहाहिल, मङाफ, महाबुल्ला फिन्टास हुँदै कार्यक्रम हल सम्मका लागि रोहित तिमिल्सिना र खैतान, फर्वानिया हुँदै जिलिप कार्यक्रम हल सम्मका लागि कुमार तामाङलाई सम्पर्क गर्न सकिने बताइएको छ ।

कार्यक्रम भब्यरुपमा हुने भएकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागी अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतका अध्यक्ष सोम रसाईली ले अनुरोध गरेका छन् ।

कार्यक्रमको विवरण:-

स्थान: ईण्डियन सेन्टरल स्कुल, जिलिप ।
मिति: १४ जुन २०१९ शुक्रबार ।
समय: दिउँसो १२ बजेदेखि ।
आयोजक: अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखा ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...