Saturday 28th March 2026

प्रवासी युवा जनशक्तिलाई स्वदेश फर्काइ समृध्दिको ढोका खोलौ !


जय नारायण माझी थारू – चुहिएको घरको छनो , च्यात्तिएको आमाको पछ्यौरी , फाटेको बुवाको टोपी ,हराएको भाइ बहिनीको हासो फर्काउन , श्रीमतीले देखेका भविस्यका सपनाहरुलाई पूरा गर्न, र मुटुभरि समाज परिवर्तन गर्दै देश परिवर्तन गर्नु भर्छ , देशभक्ति भावनाले आज सम्म करिब करिब ४५/५० लाख दक्ष युवा जनशक्ती खाडी लगायत , मलेसिया तथा विश्वको धेरै मुलुकमा रोजगारीको शिलसिलामा श्रम बेचिरहेका छौ , विश्व श्रमबजारमा , यो प्रक्रिया यहीँ रोकिएको छैनन् , झन झन बढ्दै बिकराल रुप लिदै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट प्रतेक दिन लगभग १हजार पाँच सय को हराहारीमा दक्ष युवा जनशक्ती बिदेश पलायन भैइरहेछ ! बिड्मबणा नै भन्नू पर्छ – अबको २०/२५ वर्ष भित्र हाम्रो देश नेपाल वृद्ध आश्रममा परिनत हुन कतै समय लाग्दैन /

के हाम्रो देशको नेपालको आउने पिढी जन्मजात नै भाग्यमा बिदेसिनु लेखेर आएको हो …? के हामी युवा आफनै देशमा श्रम गर्न सक्षम छैनौ..?के हाम्रो देश मै हाम्रो श्रम को संम्मान हुदैन ..? आजको युवा जनशक्ति का यहि अहम प्रश्न ( सवाल ) हरु बनेका छ्न ! साच्चिकै भन्नु पर्दा अहिलेको पुवा पिढिमा एक किसिमको मनो भावनाको जन्म नै भएको छ , हामी पढे लेखेर के गर्ने जति पढ्दा पनि नेपालमा जागिर वा श्रम नपाएर आखिर अन्तिममा हातमा हरियो पासपोर्ट बोकेर बिदेश त हुइकिनु पर्छ ! यस्ता खालका सोचबाट ग्रसित युवा जनशक्तिलाई मुक्त पार्ने , जबसम्म युवा जनशक्ती को मनोभाव ( दिल दिमाग) बाट जरै देखि उखेर फान्ल सक्दैनौ तब सम्म हाम्रो देश बिकाश र समृद्धि सम्भव छैन , आखीर हाम्रो देशको युवा जनशक्तीलाई यहाँ सम्मको सोच्न बाध्य कसले बनायो …? के खेतमा हालो जोत्नेले या नदिको बगरमा ढुङ्गा फुटाउने ले कि नेपालको झन्डा फहराउदै हिड्ने झन्डावालहरु ले ..?
देश र जनताको जिवनका कहालि लाग्दा समस्याहरुको सधैको निम्ति अनत्य गर्न, आर्थिक क्रान्ति , परनिर्भरता अनत्य , रास्ट्रीय मुक्ति , श्रमजीवी स्वाभिमानी , जनताको सार्वभौम राज्य सत्ताको स्थापना , पुर्ण समावेशिक सहभागिता मुलुक , सदाचार र सुशासनको स्थापना , बिकाश र समृद्धि , बैज्ञानिक समाजको निर्माणमा दशकौ गठित भएका राजनीतिक पार्टी र नेतृत्व पङ्गतिले जिम्मा लिने कि नलिने …?
भिनिन्छ – कुनै पनि देशको बिकाश र समृद्धि नहुनु त्यस देशको मुख्यकारक त्यस देशको उड्दण्ड युवाहरु नै हुन् , जसलाई राजनीतिक किचड भनिन्छ ,, तर त्यस राजनीतिक किचडलाई जरै देखि उखेलेर फाल्ने त्यसै देशको दक्ष जनशक्ती भएको युवाको काधमा हुन्छ , त्यसैले हामी सबै एकजुट भएर आ आफ्नो ठाउँबाट आफै हामी परिवर्तन भयौ भने समाज परिवर्तन , हुँदै गाउँ , सहर , र देश परिवर्तन हुन्छ ! त्यसैले हामी पुरातनवादी सोचलाई त्यागदै नवितम सोचको साथ अगाडि बढयौ भने हामी एकदिन अवश्य हाम्रो गन्तव्यमा पुग्छौ , परिवर्तन र बिकासको गन्तव्य एकदम राम्रो छ , तर यात्र एकम अप्ठ्यारो छ , तर हामी निरन्तर सङघर्स गर्‍यौ भने एकदिन गन्तव्यमा पुछौ … !! जब हाम्रो देश परिवर्तन हुँदै बिकाश हुँदै समृद्धि हुन्छ ! तब हामी हाम्रै देशको माटोमा पसिना चुहाउदै हाम्रो घर परिवार , सबैको सपना पूरा गर्न तल्लिन हुन्छौ , र सम्भव पनि हुन्छ !!

हेक्का होस – हाम्रो देशबाट यसरी दक्ष जनशक्ति पलायन हुनु नै हाम्रो देश समृद्धि बिकासको घातक सावित हुनु हो ! किन कि दक्ष युवा जनशक्ती बाहिर श्रमबजार मा श्रम बेचिरहेका छौ , देश बाग्डोर भिर बाट लड्न लागेको गोरु जस्तो को हातमा छ , अनि उनिहरुको उपचार गरेर नै राज्यको ढुकुटी सिधियो भने ,बिकास र समृद्धि गर्ने को …! त्यसैले नवित्तम सोच , नयाँ जोस जागरको साथ युवा जनशक्ति एक ढिका हौं , रास्ट्र निर्माणको महान अभियानमा लागौ , निर्णय सुनेर होइन निर्णायक भएर …लागौ , त्यसैले तत्कालीन सरकार वा सरोकारवला पक्ष यथाशीघ्र दक्ष युवा जनशक्ति लाई नेपाल फर्काउने बाताबरण सिर्जना गरियोस , अनि मात्र देशले बिकाश र समृद्धि तर्फ छलाङ्ग मार्ने छन !! धन्यवाद !


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...