Sunday 25th October 2026

सांस्कृतिक मञ्चले पुर्णकला बि.सि. को साथमा अगष्ट ३० मा हरितालिका तीज विशेष कार्यक्रम गर्ने


तितोपाटी – नेपालकुवेत साँस्कृतिक मञ्च कुवेतले नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अबसरमा अागामी अगष्ट ३०, २०१९ शुक्रबारको दिन नेपालबाट अतिथि कलाकार चर्चित लोकदोहोरी गायिका पुर्णकला बि.सि. लाइ कुवेत ल्याइ “हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम २०७६” मनाउने भएको छ । मञ्चका अध्यक्ष गोविन्द बरालले तितोपाटी डट लाइ सो कुराको गराएका छन् ।

अध्यक्ष बरालका अनुसार, कुवेतको सबैभन्दा पुरानो साँस्कृतिक सँस्था नेपालकुवेत साँस्कृतिक मञ्च कुवेतले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालबाट अाएकी अतिथि कलाकार र स्थानीय प्रस्तुतिमा संस्थाको तर्फबाट १९अाैं प्रस्तुति स्वरूप तीज विशेष कार्यक्रम अायोजना गर्न लागिएको बताउँदै दिदीबहिनीहरूलाइ खुवाइने तीज विशेष कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सफल पार्न कुवेत स्थित संघ-संस्था तथा व्यक्ति व्यक्तित्व विशेषलाइ अार्थिक, भाैतिक र नैतिक रूपमा सहयोग गर्न पनि अनुरोध गरेका छन् । गत वर्षहरूमा तीज विशेष कार्यक्रम गर्दा दिदीबहिनीहरूलाइ असुविधा भएको विषयलाइ मध्यनजर गर्दै यस वर्षको तीज विशेष कार्यक्रम ठुलो हलमा गर्न लागिएको पनि अध्यक्ष बरालले बताएकँ छन् ।

तीज विशेष कार्यक्रममा उपस्थितिको लागि कुवेतमा कार्यरत नेपाली समुदाय कुवेतका सबै वर्ग समुदाय र सम्प्रदायका नेपालीहरूलाइ निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा कृयाशिल कुनै पनि संघ सँस्थालाइ कार्यक्रम नजुधाइदिनुहुन र तीज विशेष कार्यक्रमा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनुहुन पनि नेपालकुवेत साँस्कृतिक मञ्च कुवेतले सबैमा अनुरोध गरेको छ ।

हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम २०७६ को विवरणः

मितिः ३० अगष्ट २०१९ शुक्रबार ।

स्थानः इन्डियन सेन्ट्रल स्कुल जलिब(गल्फमार्टको ठिक अगाडि) ।

समयः दिनको ठिक १ बजे देखि ।

अायोजकः नेपालकुवेत साँस्कृतिक मञ्च कुवेत ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...