Thursday 19th March 2026

दुबईमा यात्रुवाहक बस दुर्घटना, ८ भारतीय नागरिकसहित १७ को मृत्यु


तितोपाटी- दुबईको शेख मोहम्मद बिन जाएन रोडमा एक यात्रुबाहक बस दुर्घटना हुदाँ कम्तीमा १७ व्यक्तिको मृत्यु भएको छ । कुल ३१ यात्रु सवार रहेको सो बस सङ्केतचिह्नमा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । सो बस दुर्घटनामा परी विभिन्न देशका नागरिकहरुको ज्यान गएको बताइएको छ ।

अधिकारीहरूका अनुसार यस दुर्घटनामा परी आठ भारतीय नागरिकको मृत्यु भएको छ । करिब ५० वर्षीया चालक घाइते भएका र उनको उपचार भईरहेको अधिकारीहरुको भनाई छ ।दुबई प्रहरीले सामाजिक सञ्जाल ट्विटरमार्फत् दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई समवेदना व्यक्त गरेको र दुर्घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिएको छ ।

दुबई प्रहरीका प्रमुख अब्दुल्लाह खलिफा अल मार्रीले सवारीसाधन चलाउँदा सानो गल्ती वा लापरबाही हुँदा नराम्रो परिणाम आउने स्मरण गराउनु भएको छ ।दुबईस्थित भारतीय दूतावासले मृत्यु भएका भारतीय नागरिकको नाम सार्वजनिक गरेपनि घटनाको संपूर्ण विवरण आधिकारिक रूपमा प्राप्त भइनसकेको बताइएको छ ।

यस दुर्घटना अन्य भारतीय नागरिक पनि घाइते भएका र उनीहरुको उपचार भइरहेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।

साभार रातोपाटी


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...