तितोपाटी-कुवेतमा उभाैली पर्व भव्य रूपमा मनाइएको छ । कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाज कुवेतको संयुक्त आयोजनामा हिँजो कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम गरि मनाइएको हो ।
“भाषा, संस्कार, संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ विगत केहि वर्षदेखि संयुक्त रूपमा मनाइदै आएको उभाैली पर्व कार्यक्रमको संयोजक किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईको सभाध्यक्षता र नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथिहरूले सामुहिक रुपमा दिप प्रज्लन गरी उद्दघाटन गरिएको थियो भने कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी एवं प्रतिनीधि, पत्रकार, समाजसेवी, बुद्धिजिवी, कलाकार, खेलाडी तथा सम्पूर्ण कुवेतवासी किरात गैर किरात दाजुभाइ दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी, एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेल, नेपाल पत्रकार महासंघ कुवेतका उपाध्यक्ष नबराज पन्थी, कोसेली समुहका अध्यक्ष आनन्द आचार्य, मगर संघ कुवेतका संरक्षक जय आले मगर, कोसेली समुहका संरक्षक समाजसेवी सुजन केसि, तामाङ घेदुङ कुवेतका प्रवक्ता दिल कुमार पाख्रीन, तमु समाज कुबेतका अध्यक्ष राजु गुरुङ, आदिवासी जनाजाती महासङ कुवेतको अध्यक्ष अ्मृत तामाङ, सुनुवार सेवा समाजका अध्यक्ष लाल बहादुर सुनुवार, किरात याक्थुङ चुम्लुङका अध्यक्ष देबि लिम्बु, किरात राई यायोक्खा केन्द्रिय कार्य समितिका विशिष्ट संरक्षक सदस्य अमित चाम्लिङ राइ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै तीनवटा किराती संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम अत्यन्तै प्रशंसनीय रहेको र नेपाली चाडपर्व, संस्कार, रीतिरिवज र परम्परालाइ जीवितै राख्न सबै वर्ग समुदाय, क्षेत्र र भाषाका नेपालीहरू एकजुट हुनु पर्ने र एकले अर्कोको पहिचान झल्किने संस्कृति र परम्परालाइ सम्पुर्ण नेपालीको सम्झेर सम्मान गर्न सके आपसी भाइचार र भातृत्वको भावना विकास हुने बताएका थिए ।
राईहरुको मौलिक झाँकी साकेला नाच, लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच, सांगातिक प्रस्तुतिहरु लगायतका अन्य तीनवटा किराती संस्था का कलाकर सबिन दुमि राइ, रोशन राई, मन्जु लावती, याम बि सावा, दर्सन काले राई, बिबिमर राई, अल्का राई, माया राई,तुलसी सुनुवार र सोभादेभी सुनुवारले आ-आफ्नो प्रस्तुतिहरु प्रस्तुत गरिएको उक्त कार्यक्रमको संचालन रोशन राई र टिकाराम दुर्विच सुनुवारले संयुक्त रुपमा गरेका थिए भने किरात राई यायोक्खा कुवेतकी सह-सचिव कविता राईले आयोजकको तर्फबाट सबैलाइ स्वागत गरेकी थिइन् ।
कार्यक्रममा तीनवटा किराती संस्थाहरुले विशेष योगदान गरेका ब्यक्तित्वहरु कुबेतका अनलाइन मिडियाहरु र संस्ठाका कलाकार भाई बहिनीहरुलाई माया को चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो कार्यक्रम सफलता पूर्वक सम्पन्न गराउन बिभिन्न तवरले आर्थिक भौतिक र नैतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी, पत्रकारहरु, तीनवटै संस्थाका पदाधिकारी सदस्यहरुलाई हार्दिक धन्यवाद दिदै सभाध्यक्ष मन्जित चाम्लिङ राईले कार्यक्रमको समापन गरेका थिए ।