Friday 29th March 2024

साप्ताहिक राशिफल (ज्येष्ठ १७ गते देखि २३ गतेसम्म)


फलित ज्योतिष – राम प्रसाद सिटाैला

मेष

प्रेममा दुविधा बढ्न सक्छ । पुराना साथीहरूको सहयोगले ओझेलमा परेका कार्यहरू क्रमिक रूपमा सम्पन्न हुनेछन् । बढ्दो खर्च नियन्त्रण गर्न जीवनशैलीमा परिवर्तन जरुरी देखिन्छ । साताको अन्त्यमा राम्रो आम्दानी हुने व्यवसायमा हात हालिने सम्भावना छ । सुनौलो रङ्गको प्रयोगले कार्य क्षेत्रमा विशेष लाभ पुर्‍याउनेछ ।

वृष

विभिन्न किसिमका व्यक्तिहरूसँगको भेटघाट तथा भलाकुसारीमा साता व्यतीत हुनेछ । साथीभाइ तथा छरछिमेकीका शुभकार्यमा बढी खर्च गर्नुपर्ने बाध्यता आइलाग्न सक्छ । स्वास्थको बिचार नगरी खानपानमा रमाउँदा पेटसम्बन्धी समस्याले पिरोल्ने सम्भावना छ । मौसम अनुरुप स्वास्थ्य सजगता अपनाउनुहोला ।

मिथुन

बिशेष जमघटको फाइदा उठाउन ज्येष्ठ व्यक्तिहरूको सुझावको जरुरत पर्नेछ । बलजफ्ती गर्नाले परिस्थिति अनुकूल नहुन सक्छ । सहकर्मीहरूले काममा अवरोध खडा गर्ने रणनिति अपनाउन सक्छन्, जुक्तिबुद्धि लगाउँदा अधिकार जमाउन सकिनेछ । प्रयत्न गरे लक्ष्यमा पुग्न सकिनेछ । रमाइलो भेटघाटमा स्वादिष्ट भोजनको आन्नद उठाउन पाइनेछ ।

कर्कट

सोमबारपछिका दिनहरू अनुकूल रहनेछन् । दोहोर्‍याएर थालिएका कार्यहरू सफल हुनेछन् । होसियारीपूर्वक कार्य सम्पन्न गरे पनि आरोप आइलाग्ने सम्भावना छ । लेनदेनमा विवादको सामना गर्नुपर्ला । मठ–मन्दिरको भ्रमणले कार्य सम्पन्न गर्न थप ऊर्जा दिनेछ । सेतो रंग प्रयोग गर्न सके समस्याबाट जोगिन सकिनेछ ।

सिंह

नयाँ मित्रहरूसँग परिचित भै भावना साटासाट हुनेछ । मझौला किसिमको व्यवसायले सन्तोषजनक मुनाफा दिनेछ । यात्रा गर्ने साइत तय हुन सक्छ । प्रतियोगितात्मक कार्यक्रममा पुरस्कृत हुने सम्भावना छ । स्वास्थ्यमा सामान्य गडबडी देखा पर्न सक्छ, समयमै होस पुर्‍याउनु उपयुक्त हुन्छ ।

कन्या

मांगलिक कार्यको चटारोले पारिवारिक वातावरण तताउनेछ । कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ । नगद सापटी लिएका मिक्रहरूको हेलचेत्र्याइँले कारोबार व्यवस्थापन गर्न ढिलाइ हुने सम्भावना छ । राति अबेरसम्म बाहिर बस्दा समयको ख्याल गर्नुहोला ।

तुला

पुराना साथीहरूसँगको जमघटमा तपार्इंको नेतृत्वप्रति विश्वास गर्दै नयाँ व्यवसायको श्रीगणेश हुने सम्भावना छ । प्रतिस्पर्धीहरूले काम बिगार्ने प्रयास गरे पनि परिणाम आफ्नै पक्षमा हुनेछ । अध्ययनको क्षेत्रमा देखा परेको अलमलको अन्त्य हुनेछ । उच्च शिक्षाका लागि चुनिएको विषयले भविष्यको सही बाटो देखाउनेछ । सेतो रंगको प्रयोगले दैनिकीलाई सहज बनाउनेछ ।

वृश्चिक

प्रतिष्ठा र पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा लिए उचाइमा पुगिनेछ । आध्यात्मिक चिन्तन तथा योग–ध्यानले दुर्भावनाहरू समाप्त हुँदै भविष्यको मार्ग पहिल्याउन सहज बनाउनेछ । घरायसी व्यवहारमा अलमलिँदा पछि परिनेछ । छोटो समयमा परिचित साथीप्रति विश्वास गर्दा धोका हुनेछ । खानपानमा समयको फेरबदलले स्वास्थ्य बिगार्न सक्छ ।

धनु

तपाईंप्रति अरूको मन लोभिनेछ । आफूलाई मन पराएर विवाहको प्रस्ताव आए अभिभावकहरूको निर्णय स्वीकार गर्दा विशेष फाइदा होला । अध्ययनका निम्ति विदेश जाने सोच छ भने अपेक्षा गरेकै नतिजा हात लाग्न केही समय कुर्नुपर्नेछ । साताको अन्त्यमा नशासम्बन्धी समस्याले सताउँदा योग तथा शारीरिक अभ्यास गर्नुहोला ।

मकर

अभिभावकबाट प्राप्त सुझावले अधुरा कार्य पूरा गर्न सहयोग पुर्‍याउनेछ । असहज परिस्थतिबाट उम्कन प्रेमी–प्रेमिकाले आर्थिक सहयोग गर्नेछन् । आधुनिक उपकरण तथा विलासिताका सामग्री खरिदमा अपेक्षाभन्दा बढी खर्च हुनेछ । अन्योलका बीच पाका व्यक्तिको सुझावले सकरात्मक मार्ग पहिल्याउन सहज बनाउनेछ ।

कुम्भ

परिस्थिति पहिचान गरी गरिएको कार्यले उचित स्थान पाउनेछ । साथीहरूको भनाइमा भर पर्दा अवसर फुत्कने सम्भावना छ । आर्थिक कारोबारबाट टाढै रहनु उचित हुन्छ । परोपकारी कार्यमा रुचि बढ्नेछ । साताको अन्त्यमा मनोरञ्जनमा सरिक भइनेछ । उपहार लिएर भेट्न आउनेहरूसँग सचेत रहनुहोला ।

मीन

बोलीको प्रभावका कारण रोकिएका कार्य पुनः सुचारु हुनेछन् । व्यवसायिक क्षेत्रमा सुधार आउनुका साथै धातुको कारोबारबाट मनग्य लाभ हुने देखिन्छ । अध्ययनको सिलसिलामा विदेश जाने योग छ, प्रयास गरे सफल पनि भइनेछ । टाढाको यात्रा गर्दा महत्वपूर्ण सामग्री छुट्न सक्छ, चनाखो रहनुहोला ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...