Tuesday 17th March 2026

राष्ट्रपतिद्वारा पुर्वसभासदहरूलाइ संविधानसभा पदक वितरण


तितोपाटी – राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानसभाबाट संविधान निर्माणमा भूमिका खेल्ने तत्कालीन सभासद तथा सम्बन्धित पूर्व विशिष्ट व्यक्तित्वहरूलाइ ‘संविधानसभा पदक’ वितरण गरिएको छ। आज शीतल निवासमा आयोजित विशेष समारोहमा तत्कालीन पहिलो र दोस्रो संविधानसभाका निर्वाचित तथा समानुपातिक सभासदलगायतलाई साे पदक प्रदान गरिएको हाे । यसरी पदकसहित सम्मानित हुनेहरुमा राष्ट्रपति भण्डारी स्वयं पनि रहेकी छन् ।

बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, सुशील कोइराला, शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, सूर्यबहादुर थापालगायतलाई पनि साे पदक प्रदान गरिएकाे छ ।

यसैगरी बहालवाला सभामुख कृष्णबहादुर महरालगायत पूर्व सभामुख सुवास नेम्वाङ, ओनसरी घर्तीमगरलाई समेत साे पदक प्रदान गरिएकाे छ ।

पदक वितरणका लागि गृह मन्त्रालयले १ हजार १ सय ९ जनाको नामावली सार्वजनिक गरेको थियो । त्यसमा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मासहित तीनजना नेताकाे नाम समेत रहेकाे छ ।

तर कतिपय गम्भीर अभियाेग लागेका पूर्वसभासदहरुले भने पदक नपाउने भएका छन्, कूटनीतिक राहदानी दुरुपयाेगलगायतका गम्भीर आराेप लागेका गायत्री साह र विश्वनाथप्रसाद यादव लगायतका पूर्पसभासदकाे नाम सूचीमा छैन । यद्यपि पदक पाउनेको सूचीमा भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्रीद्वय टेकप्रसाद गुरुङ र बद्री न्यौपाने पनि रहेका छन् ।

समाराेहमा सबै उपस्थित नभए पनि अधिकांश पूर्वसभासदहरु भने उपस्थित छन् । बिहानैदेखि सुरु भएकाे पदक वितरण समाराेह साँझ ५ बजेसम्म चल्ने राष्ट्रपति कार्यालयले जनाएको छ । अहिले पदक थाप्नेहरुकाे शीतल निवासमा घुइँचाे लागेकाे छ ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...