Monday 12th January 2026

आजकल राज्यलाई स्वर्ग बनाउँछु भन्नेहरु नै राज्य खण्डहर बनाउँन लागि परेका छन


बसन्त थापा- बिप्लव आफूसँगै जनता र देश हार्ने युद्धमा नगएकै बेश।निर्दोषहरुमाथि बम बिस्फोटन गर्नु कायरता हो हतियार समातेर देश बदलिदैन भनेर इतिहासले देखाईसकेको छ।

देश पछि धकेल्ने काम नगरौ दश बर्ष सम्म देश आतंक र अस्थिरतामा रह्यो भएका देशका पुर्वाधारहरू धेरै ध्वस्त भए नया बन्न पाएनन बनेका पनि माओवादीका चन्दा , कर्मचारी र सरकारमा रहेकाको लागी कमिशन र ठेकदारहरूको नाजायज नाफाका मारमा परेर निर्माण अधुरो हुने , कमजोर र कमसल खालको बने १७००० मानिस सरकार र जनयुद्दकारीको कारण मरे गाउ निकाला , बस्ति बिस्तापितका कारण सदरमुकाम र ठुला शहरमा अध्यधिक जनसंख्या बढे भने जमिन र घरको मुल्य आकाशिए देशमा काम गर्ने धेरै उधोग , व्यवसाय बन्द भए अनावस्यक माग र दबाबमा व्यवसाय र व्यवसायी उधोग बन्द गरी विस्तापित हुन पुगे मजदुर , कर्मचारी देश छाडेर अरब , मलेशिया पुगे ।

हामीले महाभारतमा पाण्डवले खण्डहरलाई स्वर्ग बनाएको कथा पढेका छौँ हो त्यस्तै देशले प्रतिबन्ध लगाएका राष्ट्रहरूमा महिला र पुरूषहरू गैर कानुनि बाटो भएर पुगे धेरैले घरेलू जागिरमा पशुवत व्यवहार खाए धेरैको जीवन गुम्न पुग्यो नेपाली राजनैतिक दल , नागरिक समाज , मानवाधिकारवादी संगठन , बुद्धिजीवी , छिमेकी , विदेशी राष्ट्र र संगठनहरू मिलेर जनयुद्दलाइ शान्ति वार्ता र सम्झौता गरेर टुगांए देश र विदेशले निकै ठुलो आर्थिक र भौतिक सहयोग गरेर माओवादीहरूलाइ सेना , सत्ता , संसदमा पुराए जनजिविकाको लागी ठुलो आर्थिक सहयोग गरिए तर सत्तामा रहदा र सहज वातावरणमा पनि माओवादीले चाहे जस्तो बिकाश र निकाश दिन सकेन पाएन धेरै ठुला नेता , धेरै ठुला दल , पुरानै कर्मचारी प्रवृति , प्रविधी भएको कारण न देशले न जनले सुविधा र सम्वृदि पायो उल्टै दल दल बिच , नेता नेता बिच पद र सत्ताको लागी लडाइ हुन थाल्यो बिप्लव पनि पद र सत्ता हात नपरे कै कारण देश र जनले पाउनु पर्ने बिकाश र सम्वृदि नपाए कै कारण एक्लिएका र बिच्किएका हुन ।

तर बिप्लवले पुरै नेपाली समाज , दल , छिमेकी , विदेशीहरूको साथ र सहयोगबाट गरिएको शान्ति सम्झौता तोडेर पुन पुरानै काम दोहराउने कार्य गर्न तम्सिेएका छन जुन नेपाली र विदेशी सबै जन र सहयोगी माथीको घात होशान्ति सम्झौता गर्न विस्व र नेपाल सरकारले गरेको त्यती ठुलो आर्थिक सहयोग र राजनैतिक अवसर माथी लात हान्नु र पुन धम्कि र डरमा चन्दा उठाउनु , नदिए बिस्फोट गराउनु , हतियार जम्मा गर्नु , जनता मर्ने अवस्था बनाउनु गलत हो ।

बम पड्काएर मुर्खताको पहिचान दिलाउदै छन् बिप्लव माओबादीले सरकार र अन्य दलका नेताहरूले गल्ति कमजोरी गरे भन्दैमा बन्दुक र बिस्फोटनबाट , हत्या र हिंसाबाट समाधान खोज्नु ठुलो भुल हो अब पनि छिमेकि विदेशीहरूले सत्ता र सम्झौता , भौतिक र आर्थिक सहयोग दिन्छन भनेर बिप्लव जनतन्र ल्याउन बन्दुक बोकेर शहर , गाउ , जंगल , विदेश परदेश लागेका हुन भने यसको मार देश र जनताले मात्र पाउनेछ । के नेपाली जनता , राजनैतिक दल र विदेशी परदेशी बिप्लवको जनतन्र ल्याउन सहमत हुन्छन ? भएको जनतन्र मासिइ रहेको विस्व अवस्था के बिप्लवहरूलाइ जानकारी नभएको हो र ! हो भने धम्कि र डरले पद र सम्पति सहज बनाउने यस्ता खेल झेल होइन र बिप्लवजी नेकपामा समाहित बनेर ओली र प्रचन्डहरूलाइ राष्ट्र र जनताको हितमा लाग्न दबाब र साथ दिन सके देश र जनताले खोजेको अवस्था बन्ने थियो र एक दशक पछि तपाइहरू जस्ता युवा नेतृत्व दल र सरकारले पाउने थियो । आउनुहोस यही अभियानमा होइन भने अरूलाइ मार्छु भन्नेहरूले पनि मर्नु पर्छ यो सत्य तितो भए पनि सत्य हो ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...