Tuesday 14th October 2025

भागीरथ सहयोग अभियानको रकम लुम्बिनी समाजले बुझिलियो


तितोपाटी – भागीरथ चापागाइ सहयोग अभियानको रकम लुम्बिनी समाज नेपाल-कुवेतले हिँजो नेपाली राजदूतावासको सभाहलमा राजदूतावासका कुटनैतिक सेवाका कर्मचारी, एनअारएनए एनसिसी कुवेत, नेपाल पत्रकार महासंघ र नेपाली समुदाय कुवेतका अगुवाहरूको रोहबरमा समाजका निवर्तमान अध्यक्ष रूपेन्द्र बिक्रम हमालसँग बुझिलिएको छ । सडक दुर्घटनामा परि करिब अढाइ वर्षदेखि कुवेतको अादान अस्पतालमा उपचारार्थ रहेका बर्दघाट नवलपरासी घर भएका भागिरथ चापागाइलाइ नेपाल पठाउन लुम्बिनी समाजले  संचालन गरेको सहयोग संकलन अभियान अभियान मार्फत संकलति रकम हिँजोको मितिसम्म संस्थाका निवर्तमान अध्यक्ष रूपेन्द्र बिक्रम हमालले व्यक्तिगत रूपमा राखेको केडि ३६४२.५०० ( तीन हजार छ सय बयालीस कुवेती दिनार र पाँच सय फिल्स मात्र ) संस्थाले बुझिलिएको हो ।

नेपालमा श्रम नगरी अवैध बाटोबाट घरेलु कामदारको रूपमा कुवेत छिरी कम्पनीका काम गर्दै गर्दा सडक दुर्घटनामा परेका भागीरथलाइ नेपाल लैजाने प्रकृया गर्दा अार्थिक अभाव भए पछि सहयोग अभियान संचालन गरि करिब ४ हजार केडि को हाराहारीमा रकम संकलन गरिएकोमा गत २ महिना यतादेखि नेपालका राष्ट्रिय मिडिया तथा सामाजिक संजालमा पीडित भागीरथलाइ नेपाल लैजाने प्रकृयामा नेपाली राजदूतावासबाट म्याद गुज्रेका कागजातहरू पेश गरेको, सहयोग संकलन अभियानबाट संकलित रकम अभियान संयोजक रूपेन्द्र बिक्रम हमालले हिनामिना गरेको भनि सार्वजनिक भएपछि स्वदेश तथा विदेशको नेपाली समुदाय तरंगित भएको थियो ।

यसै बिच उक्त सहयोग अभियान लुम्बिनी समाजले संचालन गरेकोले लुम्बिनी समाजले जिम्मेवारी लिनु पर्ने कुराहरू सामाजिक संजालमा भाइरल भए पछि करिब ३ हप्ता अघि लुम्बिनी समाजले एक विज्ञप्ति जारी गर्दै संस्थाले भागीरथ सहयोग अभियान संचालन गरे पनि संयोजक रूपेन्द्र बिक्रमले नै सबै अाम्दानी व्यक्तिगत रूपमा राखेकोले सँस्थासँग एक पैसा पनि नभएको कुरा स्पष्ट्याएको थियो ।

त्यसपछि करिब २ हप्ता अघि सहयोग अभियान संयोजक तथा तत्कालिन लुम्बिनी समाजका अध्यक्ष रूपेन्द्र बिक्रम हमालले संकलित सहयोग रकम दूतावासमा बुझाउने भने पनि उक्त दिन उनले सहयोग अभियानमा संकलन भएको रकमको स्वघोषणा गरि कागजी हिसाब मात्र बुझाएका थिए जस अनुासर ४१३० केडि सहयोग संकलन भएकोमा बोल कबोलमा जे जति बोलिएको भए पनि कतिपय बोल कबोल गरेका सहयोगदाताबाट उठ्नु पर्ने कुवेती दिनार  १९७ केडी ५०० फिल्स सहयोग नउठेको तथा बदरमल्ला कम्पनी मार्फत उठेकी २९० केडी रकम पीडितको परिवारजनले नै बुझिसकेको भन्दै अाफु मातहत कुवेती दिनार ३६४२.५०० ( तीन हजार छ सय बयलीस केुवेती दिनार र ५ सय फिल्स मात्र) रहेको बताएका थिए ।

सोही बमोजिमको नगद हिँजो साँझ नेपाली राजदूतावास कुवेतमा उपस्थित भएर उक्त अभियानका संयोजक एवं लुम्बिनी समाज नेपाल-कुवेतका रूपेन्द्र बिक्रम हमालले लुम्बिनी समाज नेपाल-कुवेतका संरक्षक, सल्लाहकार र कार्यवाहक अध्यक्षको उपस्थितिमा समाजलाइ बुझाएका छन् भने लुम्बिनी समाज नेपाल-कुवेतको तर्फबाट कार्यबाहक अध्यक्ष रमेश पाल्पालीको साथमा संरक्षक तथा सल्लाहकारहरू राजु कार्की, राम बस्नेत, खोप गुरूङ, सुजन केसि र सुमित्रा देवी पाैडेले जिम्मा लिंदै भागीरथको स्वास्थ्य स्थितिको गाम्भिर्यता मध्यनजर गर्दै छिट्टै नै संस्थाको बैठक बसि सर्वपक्षिय सहयोग समिति गठन गरि अपुग रकम संकलन गरि पीडित भागीरथ चापागाइलाइ जति सक्दो छिटो नेपाल पठाउने प्रकृयामा जाने जनाएको छ ।

भागीरथ सहयोग अभियानमा सहयोग गर्ने दाताहरूको नामावलीः


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...