Tuesday 17th March 2026

अष्ट्रेलियामा चालकविहीन रेल सेवा संचालन


तितोपाटी – अष्ट्रेलियामा चालकविहीन रेल सेवा आइतबारबाट सुरु भएको छ । करिब ४० मिनेट लामो यात्रा दुरी भएको यो मेट्रो रेलले सिड्नीका १३ वटा स्थानलाई जोड्छ । सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने रेलको न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्याडज बेरेजिक्लिनले आइतबार बिहान नेपाली समयअनुसार बिहान ७ बजेर २० उदघाटन गरिन् । रेल चढेर उदघाटन गर्दै उनले यो रेल सेवा सुरुवात गर्न पाउँदा गौरवको अनुभूति भएको बताइन् ।

यो रेल सेवाले मुख्य शहर सिड्नीबाट उत्तरपश्चिमका वस्तीहरुलाई नजिक बनाएको छ । यो रेल तोकिएको स्टेशनमा हरेक चार मिनेटमा आइपुग्छ । यो मेट्रोको झन्डै १७ किलोमिटर सुरुङ मार्ग छ भने एउटा आकाशे पुल पनि यो मेट्रो मार्गमा पर्छ । पाँच वर्षको अवधिमा करिब ७.३ विलियन डलर खर्चमा यो रेल सेवा सुरु भएको अष्ट्रेलियाको एक अनलाइन पोर्टल नाइन न्यूजले लेखेको छ ।

उत्तर पश्चिम सिड्नीमा बसिरहेका र काममा जाने हजारौं नेपालीहरु पनि यस रेल सेवाबाट लाभान्वित भएका छन् । चालकविहीन रेलमा चढेको अनुभव लिन बिहानैदेखि यात्रुहरुको लामो लाइन लागेको थियो । आज उदघाटनको दिन यो रेलले निःशुल्क सेवा दिइरहेको छ । सिड्नी मेट्रो रेलमा कार्यरत नेपाली इन्जिनियरहरु अर्जुन पोखरेल, शिशिर नेपाल र अनन्त कार्की पनि छन् ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...