Tuesday 17th March 2026

अमेरिकी राष्ट्रपति ट्रम्प जापानको ४ दिनै औपचारिक भ्रमणमा


तितोपाटी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चार दिने औपचारिक भ्रमणका लागि शनिबार जापान पुगेका छन्। सुमो शिखर सम्मेलनका लागि ट्रम्प जापान गएका हुन्।

भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले जापानका नयाँ राजा नारुहितोलाई सोमबार भेट्ने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन्। यसअघिका राजाले स्वास्थ्यको कारण देखाउँदै पद त्याग गरेपछि जापानमा अहिले नयाँ राजाले जिम्मेवारी पाएका छन्।

जापान र अमेरिका दुवै तर्फका अधिकारीहरुले जापानका प्रधानमन्त्री सिन्जो आबे र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अभूतपूर्व सम्बन्ध रहेको जनाएका छन्। ट्रम्पका एक जना बरिष्ठ अधिकारीले भनेका छन्, “दुई नेताहरु एक अर्काका देशमा आउने जाने र भेटवार्ता गर्ने गरिरहनु भएको छ, यसैबाट उहाँहरुको सम्वन्ध कस्तो छ भन्ने थाहा हुन्छ।” जापानका एक जना उच्च कुटनीतिक अधिकारीले पनि दुई देशका शिर्ष नेताहरुको लगातारको भेटघाटले उनीहरुको सम्वन्ध अदभूत छ भन्ने पुष्टि हुने दाबी गरेका छन्।

जापानका प्रधानमन्त्री आबेले पनि हालै अमेरिकाको भ्रमण गरेका थिए।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...