Tuesday 17th March 2026

गुगलका एपहरू हुवावे मोवाइलमा नचल्ने


तितोपाटी – चिनियाँ मोबाइल कम्पनी हुवावेका मोबाइल फोनमा अब गुगलले निर्माण गरेका केही एप्सहरू नचल्ने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेसँग अमेरिकी कम्पनीले कारोबार गर्न नपाउने कार्यकारी आदेश जारी गरेपछि गुगलले आफ्ना एप्सहरू हुवावेले निर्माण गर्ने मोबाइल फोनमा नराख्ने निर्णय गरेको हो।

गुगलको पछिल्लो निर्णयसँगै हुवावेले निर्माण गर्ने फोनमा गुगल प्लेस्टोर, गुगल सर्च, गुगल म्याप, गुगल क्रोम, युट्युब, जिमेललगायतका एपहरू राखिने छैनन्। हुवावे फोन प्रयोगकर्ताले हाल चलाउँदै आएका त्यस्ता एपहरू प्रयोग गर्न मिले पनि अपडेट हुने छैनन्।

गुगलको निर्णयबारे प्रतिक्रिया दिँदै हुवावेले ‘एन्ड्रोइडको विकास र विस्तारमा हुवावेले ठोस योगदान पुर्‍याएको’ जनाएको छ। त्यसका साथै कम्पनीले‘आफ्ना विश्वव्यापी ग्राहकका लागि सेवा प्रदान गर्न सुरक्षित र भरपर्दो सफ्टवेयर विकसित गर्ने’ उल्लेख गरेको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

प्रतिकृयाहरू
...