Thursday 19th March 2026

शान्ति सेनाको सहयोगमा लिवियाबाट १५ नेपालीको उद्धार


तितोपाटी- वैदेशिक रोजगारीको क्रममा युद्धग्रस्त मुलुक लिविया पुगी अलपत्र परेका १५ नेपाली नागरिकको उद्दार गरिएको छ ।

इजिप्टको कायरोस्थित नेपाली दूतावासको पहलमा ती नेपालीलाई ट्रिपोलीमा रहेको अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) को क्याम्पमा राखिएको छ ।

ट्रिपोलीमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति नियोगको नेपाली सेना र लिवियाको सुरक्षा निकाय तथा आईओएनसँग समन्वय तथा सहयोगमा इजिप्टस्थित नेपाली दूतावासले उनीहरुको उद्दार गरेको हो । शान्ति सेनासहितका सुरक्षा निकायले नेपालीको उद्धारमा निरन्तर सहयोग गरिरहेको पनि बताइएको छ ।

दूतावासका अनुसार पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, वुद्धि बहादुर अधिकारी क्षत्री, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्त बहादुर विक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, अजय कुमार चौधरी र प्रकाश विश्कर्मा र मनोहर कार्कीको उद्दार भएको छ ।

उनीहरु कार्यरत कम्पनीले डरत्रास देखाइ काममा लगाएको र नेपाल फर्कनका लागि राहदानी समेत नदिएकाले कायरोस्थित दुतावासले ट्राभल डकुमेन्ट बनाइदिएको थियो ।

अहिले क्याम्पमा रहेका १५ जनालाई आईओएमले खान र बस्नको व्यवस्था मिलाउनुका साथै हजाइ टिकटको समेत व्यवस्था मिलाइदिने भएको छ । यसअघि कायरो दूतावासकै पहलमा मे पहिलो साता पनि अलपत्र ७ नेपालीको उद्धार गरिएको थियो ।

दूतावासको लगातारको प्रयासपछि किरण खड्का, सिरज रायमाझी, शम्भु प्रसाद पराजुली, रवि गुरुङ, प्रेमसिल थारु, प्रेमलाल गौतमको उद्धार गरिएको हो । इटाली पठाउने प्रलोभनमा उनीहरुलाई लिबिया पुर्याई अलपत्र पारिएको बताइएको छ ।

दूतावासले आईओएमको क्षेत्रीय कार्यालय, संयुक्त राष्ट्रसंघीय शान्ति नियोगको नेपाली सेनासँग समेत नियमित सम्पर्क र समन्वयमा त्यहाँ अलपत्र परेका नेपाली कामदारको अवस्था बुझी उच्च प्राथमिकताका साथ उद्धार कार्यलाई जारी राखिएको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...