Tuesday 17th March 2026

अष्ट्रेलियाको विश्वविद्यालयमा शेष घले दम्पतिको नाममा छात्रवृत्ति


तितोपाटी – नेपाली मुलका अष्ट्रेलियन अर्बपति शेष घले र जमुना गुरुङका नाममा अष्ट्रेलियाको फेडरेसन युनिभर्सिटीले छात्रवृत्ति स्थापना गरेको छ । उनीहरुका नाममा स्थापित छात्रवृत्ति अन्तर्गत पहिलोपटक तीनजना छात्राहरुले छात्रवृत्ति पाएका छन् । गत बिहीबार साँझ विश्वविद्यालयले एक नेपाली, एक भारतीय र एक अष्ट्रेलियन छात्रालाई जनही ७–७ हजारका दरले छात्रवृृत्ति प्रदान गरेको हो ।

केही साताअघि फेडेरेसन युनिभर्सिटीले शेष र जमुनाका नाममा छात्रवृत्ति स्थापना गर्न घले दम्पत्तिसमक्ष प्रस्ताव गरेको थियो । सो प्रस्ताव स्वीकार्दै उनीहरुले हरेक साल छात्राहरुलाई मात्र यो छात्रवृत्ति दिने सर्त राखेका थिए । फेडेरेसन युनिभर्सिटी मातहत विभिन्न क्याम्पसमा अध्ययनरत जेहेन्दार छात्राहरुलाई यो छात्रवृत्ति दिइने छ ।

यसपटक एमआईटी कलेजअन्र्तगत सिड्नी क्याम्पसमा अध्ययनरत नेपाली छात्रा शर्मिला खनाल, एमआईटी मेलवर्न क्याम्पसमा अध्ययनरत भारतीय छात्रा कविता शर्मा र फेडरेसन युनिभर्सिटीमा अध्ययनरत केला थर्निकफ्टले जनही सात सात हजार डलरको छात्रवृत्ति पाएका छन् । शेष र जमुनाले स्थापना गरेको एमआइटी कलेजले फेडरेसन युनिभर्सिटीको कोर्स अध्यापन गराउँछ । घले दम्पत्तिले यो विश्वविद्यालयलाई दुई वर्ष पहिले २ लाख डलर अनुदान दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...