Tuesday 17th March 2026

अफगानिस्तानमा चर्चित महिला पत्रकारको हत्या


तितोपाटी – अफगानिस्तानमा एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मंगलको हत्या भएको छ। उनलाई गोली हानी हत्या गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। पत्रकार मिना मंगललाई राजधानी काबुलमा शनिबार दिउँसो गोली हानी हत्या गरिएको थियो। पत्रकार मंगल राजनीतिमा पनि सक्रिय थिइन्। राजनीतिमा आउनुअघि उनी एक टेलिभिजन प्रस्तोता थिइन्। हाल उनी राजनीतिक सल्लाहकारका  रूपमा कार्यरत रहेको एएफपीले उल्लेख गरेको छ।

अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले पत्रकार मंगलको हत्यारालाई पक्राउ गरी कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। अफगान प्रहरीले अनुसन्धान थालेको बताएको छ तर हत्यामा संलग्न को हुन् भन्ने बारेमा भने अझै प्रस्ट नभइसकेको एएफपीले उल्लेख गरेको छ।

मंगलको हत्याको पछाडिको उद्देश्य हालसम्म प्रष्ट नभए पनि उनको परिवारमा कलह रहेको विवरण बाहिरिएका कारण अनुसन्धानको एउटा पाटो यो पनि हुनसक्ने बताइएको छ। आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको सल्लाहकारका रूपमा कार्यरत रहेकै बेला मंगलको शनिबार गोली हानि हत्या भएको बताएको छ।

अफगान संसद्को सांस्कृतिक मामिला आयोगको सल्लाहकारका रूपमा काम गर्न गइरहेकै बेला मंगलको स्थानीय समयअनुसार बिहान सात बजेर २० मिनेटमा गोली हानी हत्या भएको आन्तरिक मन्त्रालयले जारी गरेको एउटा विज्ञप्ति उद्धृत गर्दै एएफपीले उल्लेख गरेको छ। अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीले यस हत्याको कडा शब्दमा निन्दा गरेका छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...