Thursday 5th March 2026

हामी समय प्रति उपकारी बन्न सिकाैं, व्यभिचारी होइन


बसन्त थापा – हिजो र आजमा धेरै फरक छ । मैले हिजोबाट सिकेको थिए, आज म त्यसलाई अभ्यास गर्दैछु । दुनियाले जे सुकै कुरा गरोस, म भोलीलाई स्विकार गर्छु । म जस्तै कयौ आसामा बाँचिरहेका मानिस छ्न,जसलाई भोलीले आयुर्वेदिकऔषधीको रुपमा काम गरिरहेको छ । म त्यति सक्षम छैन, कि आजको आजै सबै काम सक्षमताका साथ गर्न सकु । म आज एउटै कामलाई अनेकौ तरिकाद्वारा गर्न चाहान्छु । आज बिगारेको काम भोली सहि तरिकाबाट गर्दा मलाई फरक ज्ञान र खुसी मिल्नेछ । मलाई मेरो कामसँग मात्र रुचि छैन,मलाई अनुभबमा पनि रुचि छ । हिजोकै तरिकाबाट कुनै काम सम्पन्न गर्नु भनेको मेरो क्षमतालाई खुम्चाउनु हो । मलाई उमेरमा बाँच्नु जनावर भएर बाँच्नु हो जस्तो लाग्छ,जो केवल दैनिक रुपमा बाँच्न र समय कटाउनको लागि मात्र संघर्ष गर्छ । अनुभवमा बाँच्ने मानिसहरु उमेरमा हैन आनन्द र सहजताका साथ बाँच्छन । एकदिन यो दुनियामा मेरो भौतिक शरीर रहने छैन तर मेरो अनुभव र ज्ञानले कसैको भौतिक शरीरसङ्गै पुनर्जन्म लिएर आउनेछ । हामी देवता हैन,मानिस हौ । देवताहरु मानिस बन्नको लागि तड्पिन्छ्न रे । मलाई हरेक युगमा कैयौ देवताहरु मानिसको रुपमा यो जगतमा जन्मिरहेका हुन्छ्न जस्तो लाग्छ । हामीले आफुभित्रको देवतालाई चिनौ।सेवा सत्कर्म गरौ । तिनीहरुलाई हँसाउ जसलाई साच्चिकै हाँसोको जरुरत छ । धर्मको नाममा,जातको नाममा, रङ्ग र वर्गको नाममा कसैलाई विभेद नगरौ । स्टेफन हकिङ,पारिजात,जोन मिल्टन जस्ता मानिसबाट हामी सबले केही पाठ सिकौ ।

समयको लागि हामी ग्राहक हौ हर एक व्यक्तिको सोचाई हुन्छ,आफ्नो जस्तो आकृति हुन्छ, जस्तो स्वरुप हुन्छ,जस्तो स्वभाब हुन्छ त्यसैलाई स्वीकार गरेर कसैले प्रेम गरोस । जीवनभर हौसलादिओस,माया गरोस, राम्रा पक्षलाई स्वीकार गरोस, नराम्रा पक्षलाई सुधार गरोस । फुलेको गुलाफ जो कोहीले मन पराउन सक्छन तर फुल्ने फुल्नु भन्दा देखि नै त्यसको हेरचाह गर्ने,मलजल गर्ने माली एकमात्र असल प्रेमी हुन्छ । सुन्दरताले जो कोहीलाई झट्ट आकर्षण गर्न सक्छ तर सुन्दर बनाउनु एउटा कला हो । प्रेमलाई मैले एउटा कलाको रुपमा पनि बुझेको छु । प्रेम आफैमा पनि गहन बिषय हो । जन्मदेखि नै हरेक सजीव प्राणी प्रेम अपनाउन र दिन लायक बनिसकेका हुन्छन । मुठ्ठीमा श्वास रोकेर गहिरो चित्कारसंगै एउटा युवती आफ्नो सन्तानलाई प्रेम पुर्वक जन्म दिन्छे र आफुलाई आमा हुनुमा गर्व गर्छे । प्रेमको दायराभित्र हर कोहि अटाएको हुन्छ । एउटा व्यक्ति जो कहिल्यै बिपरित लिङ्गसंग नजिकिन रुचि देखाउदैन,उसलाई कहिँ न कतै आफ्नो लक्ष्य वा आफ्नो स्वभाबसँग प्रेम भएकै हुन्छ । आफ्नो राजकीय सम्मान,परिवार सम्पुर्ण बिरासत छोडेर सिद्धार्थले आफ्नो मनमा उब्जिएका कैयांै प्रश्न संग प्रेम गरे र ति प्रश्नको जवाफले उनलाई गौतम बुद्धको उपमा दिइयो । प्रेम सर्वब्यापी उपलब्ध छ, बस प्रेम महसुश गर्नको लागि कोमल हृदयको आवश्यकता पर्दछ ।

म ब्यक्ति साधारण रहिरहुँला तर ब्यक्तित्व असाधारण र चमत्कारीक बनाउन मन छ । शरीरको बाहिरी आवरणलाई बजारका श्रिङ्गारिक जलपले पोतेर भित्री मस्तिष्कलाई भने भोको बनाउने सोच न हिँजो थियो, न आज छ, न त भोली नै हुनेछ । आज पनि मलाई आफु रित्तो र खाली महसुश हुन्छ । मैले सिक्नु पर्ने र जान्नु पर्ने कुरा कयौ छन् । म मेरो दिन र रात खर्चेर पनि प्रकृतिमा उपलब्ध ज्ञान हाँसिल गर्न सक्दिन तर म एउटा बिद्यार्थी हुँ र सदा रहिरहने छु । म त्यो बिद्यार्थी हुँ जसले गगनचुम्बी भवनको सुकिला डेस्कमा सुकिला लुगा लगाएर रट्टान मार्ने शिक्षालाई अब्यवहारिक र अनुपयोगी शिक्षा सम्झिन्छु । म झुत्रो लुगा लगाएर एकदिन बाहिर निस्किएँ भने पनि मैले ज्ञानको लागि कैयांै उपयोगी विषयबस्तु भेटाउन सक्छु । मानिस र प्रकृति भन्दा ज्ञानको ठुलो मुहान कुनै मलिलो रसिलो माटो खनेर पनि भेटाउन सकिँदैन । आज म यी कुरा प्रयोगात्मक रुपमा कसैलाई बताउन सक्दिन र मौखिक रुपमा भनेका यी मेरा कुराहरुलाई पनि समाजले त्यति सहजै स्विकार गर्न सक्दैन तर एक समय यस्तो पनि आउँछ, समाजले आफुलाई बदल्न चाहनेछ र आफ्नो परिवर्तनको लागि औजारहरु खोज्नेछ । हो त्यतिबेला म समाजको लागि काममा आउन सकुँ, परिवर्तनको औजार बन्न सकुँ । आफ्नो बुद्धी विवेकको प्रयोग गर्न सकुँ । म भित्रको “म”लाई समाजको सकरात्मक परिवर्तनमा लगाउन सकुँ । आज मेरो जे छ भोली त्यो सबैको लागि सबैलाई पुग्ने गरेर होस ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...