Thursday 16th May 2024

कहिले सम्म अपहेलित भएर जिउनु पर्ने हो ?


चन्द्र गोतामे – एक्काइसौं शताब्दी सम्म आइपुग्दा पनि नेपाली समाजमा मानव – मानव बिचको जातीय विभेद र छुवाछुतको खाडल कहिल्यै पनि पुरा होला जस्तो भान हुदैन । किनकी समाज दिनानुदिन जातीय विभेद र छुवाछूतको घटनाले बिकराल हुदैँ गएको छ ।समाजमा जातीय विभेद र छुवाछूतको घटना न्यूनिकरण हुनु भन्दा पनि निरन्तर बढिरहेको छ । अहिलेको आवश्यकता भनेको नेपाली समाजमा विगतकका ति अन्धविश्वास, कुरीति र प्राचीनकालमा चल्दै आएका चालचलन निर्मुल पार्नु पर्ने होइन र ? अहिलेको सन्दर्भमा प्राय सबै मानिस शिक्षित भईसकेका छन । तर किन ब्यबहारमा लागु गर्न सकिरहेका छैनन् ? मानव भइसकेपछि एउटा जातिले अर्को जातिका संस्कारको सम्मान गर्नु, जातीय विभेद तथा छुवाछुत बिरुद्ध आवाज उठाउनु अहिलेको आवश्यकता होइन र ? नेपालको पुर्व मेचीदेखी पश्चिम महाकाली सम्मको विभिन्न क्षेत्रमा छरिएर बसोबास गर्ने एक जातिले अर्को जातिका संस्कारको सम्मान गर्नु र त्यसलाई आत्मसात गर्नु अहिलेको आवस्यकता होइन र ?

मानव एउटा परिवर्तनलाई पछ्याउने चेतनशिल प्राणी हो । मानव कहिले पनि प्राय एउटै ठाउँ र अवस्थामा रहिरहन सक्दैन । तर पनि जतिसुकै चेतनशील भए पनि केही मानवले आफ्नो संकुचित सोचाइ र व्यबहारमा परिवर्तन गर्न नसकेकोमा दुईमत छैन । जब कि अन्तरजातीय विवाह गरे कै कारण अकालमा मृत्युवरण गर्न बाध्य भएका घटना पनि दिनहुँ आइरहेका छन । गाउको त के कुरा गरौं र यो हाम्रो सतीले सरापेको देशमा शहर बजारमा समेत पानिको धारा छोएको निहुँमा त कहिले चुलो छोएको निहुँमा कुटिनु परिरहेको छ । सर्वसाधारण मानिको के कुरा गरौं र यहाँ प्रध्यानध्यापक जस्तो शिक्षित ब्याक्तित्वलाई समेत घर भित्र प्रवेश गरको निहुँमा मरणासन्न हुनेगरी कुटपिट गर्दे दलित भन्दै अपमानित र अभद्र ब्यबहार गरिएको घटना पनि हालसालै बाहिरिएको छ । उहाँ प्रतिको त्यो अपमानले गर्दा मानसिक तनाब र छियाछिया भएको मनको जिम्मेवारी कस्ले लिने ?

शहर बजारमा समेत दलित भएकै कारण कोठा भाडामा समेत नपाएर पीडित हुनु परेको घटना पनि बारम्बार आइरहेका छन । समाजमा मानवले मानवलाई गर्ने ब्यबहार पशुलाई भन्दा पनि तल्लो स्तरले गरेको पाइन्छ । एउटा कुकुरले घर भित्र पस्न सजिलै पाउँछ भने त्यही मानवको घरमा अर्को मानव घर भित्र त के नजिक सम्म पनि पर्न दिदैन्न । यो हाम्रो कस्तो समाज हो ? जब कुनै एउटा केटा र केटी संग अन्तरजातीय प्रेम हुन्छ भने उनिहरुले बिबाह गर्नको लागि हजारौं पटक सोच्नु पर्ने हुन्छ । किन कि अहिलेको यो परिवर्तनशिल समयमा पनि समाज र घर परिवारले सजिलै संग स्वीकार नगरेको घटना प्रष्ट आइरहेका छन । कतिपयले त यस्तै बाधा, अवरोह र पिडाहरु लाई छिचोल्दै कष्टकर तरिकाले आफ्नो प्रेमलाई सफल बनाउन प्रयत्न गर्छन । तर पनि यो समाज र परिवारको अपहेलनाले उनिहरुको जीवनयापनमा समेत निकै निरासाजनक रहेको पाइन्छ् । समाजमा व्याप्तरुपमा सँकुचित सोच भएकाहरुको हालीमुहालीले नै गर्दा यसरी निरासाजनक तरिकाले जीवन बिताउन बाध्य भएका छ्न ।

नेपाली समाजमा वर्ण व्यवस्थाका कारण जातिको उत्पत्ति भएको मानिन्छ तर अन्य मुलुकमा भने जाति र जात हुँदैन । नेपालमा प्राचिनकालमा विभिन्न जातजातिमा विभाजन गरिएको पाइन्छ । जस अन्तर्गत आफ्नो जातिलाई चिनाउन बिभिन्न वर्गमा विभाजन गरिएको छ । जस्तै जनजाति, दलित जस्ता शब्दहरू प्रयोग गर्ने गरिएको छ । कुनै पनि जात दलित हुँदैन । यो केवल वर्गगत रूपमा बोलिने शब्द हो । तर आजकल समाजमा दलित शब्द भन्नाले दलित जाती भनेर बुझिएको पाइन्छ । अहिलेको अवस्थामा समयको चक्र संगै दलित शब्दको विकल्प पनि खोजीरहेका छन । दलित भनी सम्बोधन गर्दा अपमानित भएको महसुस गर्दै दलितको सत्तामा शिल्पी शब्दको माग पनि बढिरहेको छ । परापुर्वकाल देखि कला र शिपको धनी समुदायलाई दलित शब्दले होइन शिल्पी शब्दले सम्बोधन गर्नको लागि पनि बहस भइरहेको छ । दलित शब्द कसैका लागि पेवा होइन । यो शब्द सधैंका लागि उत्तम पनि हुदैन । समयको माग अनुसार परिवर्तन हुन पनि जरुरी हुन्छ ।

नेपाली समाजले अब प्राचीनकालमा भएका अन्धविश्वास कुरितीलाई पछ्याउने होइन । सबैले आफ्नो सोच र बिचारलाई परिवर्तन गर्न जरुरी छ । नेपाली समाज अहिले विकासोन्मुख अवस्थामा अगाडि बढिरहेको छ । यो अवस्थामा जातीयता, साम्प्रदायिकता, धार्मिकता, वर्गीयता, लिंगीयताजस्ता कुरामा अल्झिनु भनेको फेरि हामी सय कदम पछडी धकेलिनु हो । समाजमा अब कसैले जातीय विभेद तथा छुवाछूत गर्यो भने जो कोहि पनि चुप लागेर सहेर बस्नु हुदैन । जात भनेको मात्र महिला र पुरुष हो । अन्य जतिसुकै जातजातिमा बिभाजन गरेपनि वास्तवमा त्यसमा भिन्नता ठान्नु मानवीयता माथिको बेइमानी हो ।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...