Sunday 8th February 2026

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम बिच एकिकरण भइ समाजवादी पार्टी बन्यो


तितोपाटी – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच आज (साेमबार) औपचारिक रुपमा एकता भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा  एक विशेष कार्यक्रम आयोजना गरेर औपचारिक रुपमा पार्टी एकता घोषणा गरिएको हो।  यस अघि दुई दलका नेताबीच पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको थियो।

 घाेषणासभामा भट्टराई र यादवले नाै बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । नवगठित पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने भएको छ। घोषणा पत्रमा पूर्ण समानुपातिक समावेशी संसदीय प्रणाली अपनाउने कुरा उल्लेख गरिएको छ । त्यसैगरी समाजवादी पार्टी नेपालले संविधान संशोधन गरेर ११ प्रदेश बनाउनुपर्ने आफ्नो मान्यता पनि सार्वजनिक गरेको छ।

नवगठित पार्टीको संघीय परिषदको नेतृत्व भट्टराईले र केन्द्रीय समितिको नेतृत्व यादवले गर्ने छन्। त्यस्तै वरिष्ठ नेतामा अशोक राई तथा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ रहनेछन्। समाजवादी पार्टीमा ८ उपाध्यक्षहरू रहने छन्। उपाध्यक्षहरूमा नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु यादव, लालबाबु राउत, हिसिला यमी र, यमराज राई रहनेछन्। त्यस्तै ३ महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा, रामसहायप्रसाद यादव रहेका छन्।

पार्टीको उपमहासचिवहरूमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी रहेका छन्। यस्तै सचिवहरूमा महोमद ईस्तियाक राई, दुर्गा सोप, पर्शुराम बस्नेत र प्रशान्त सिंह छन्। कोषाध्यक्षमा विजयकुमार यादव रहेका छन्।

दुई पार्टी एक भएपछि समाजवादी पार्टी नेपालले समाजवादी विचारधारा व्यक्ति र अन्य पार्टीलाई एकतामा आउन पनि आह्वान गरेको छ। समाजवादी पार्टी नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उलब्धीको रक्षा र विकास गर्नुलाई आफ्नो मुख्य राजनीतिक कार्यदिशा बनाएको छ ।प्रतिनिधिसभामा फोरमका तर्फबाट १६ जना सांसद छन् भने नयाँ शक्तिका एक जना सांसद छन्। जनयुद्धबाट उदाएका नेता बाबुरामा भट्टराई पछिल्लो पटक वैकल्पिक राजनीति गर्ने भन्दै माओवादीबाट अलग्गिएर नयाँ पार्टी खोलेका थिए भने यादव मधेस आन्दोलनबाट उदाएका नेता हुन्।


सम्बन्धित शीर्षकहरु

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

प्रतिकृयाहरू
...