Tuesday 13th January 2026

नयाँ शक्ति र संघीय समाजवादी फोरम बिच एकिकरण गर्ने सहमति


तितोपाटी – डा. बाबुराम भट्टराइको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम बिच पार्टी एकिकरण गरी समाजवादी पार्टी नेपाल राख्ने एेतिहासिक सहमति भएको छ । दुबै नेताहरूद्वारा हस्ताक्षर गरि प्रेश विज्ञप्ति मार्फत सो कुराको जानकारि गराइएको हो ।

२ पार्टी बिच एकिकरण गर्नको लागि विगत केहि समयदेखि दुइ पार्टीका नेताहरू बिच छलफल र विचार बिमर्श हुँदै अाएको थियो । विज्ञप्तिमा जनाइए अनुसार अागामी बैशाख २३ गते नेपाल प्रज्ञा पतिष्ठानमा एकिकरणको घोषणा गर्न दुबै पार्टी सहमत छाैं भनिएको छ भने समाजवादी पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाइ संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्ने जनाएको छ ।

पार्टी एकिकरणको लागि भएको एतिहासिक सहमतिको विज्ञप्ति जस्ताको तस्तैः

 


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...