Tuesday 13th January 2026

प्रधानध्यापकलाई घर भित्र प्रवेश गरेको निहुँमा कुटपिट गर्ने लाई कडा कारवाहीको माग (प्रेस विज्ञप्ती सहित)


तितोपाटी – म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–५ मल्कवाङका प्रधानध्यापकलाई घर भित्र प्रवेश गरेको निहुँमा जातीय विभेद गर्दै कुटपिट गरिएको छ ।

रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेका बिकलाई गत बैशाख ५ गते विद्यालयमा पूर्व प्रधानध्यापक यू कुमारी गिरी रोकाको विदाई कार्यक्रमपछि ब्यवस्थापन समितिकी अध्यक्ष पार्वती पूर्जाको घरमा आयोजित कार्यक्रममा घरभित्र प्रवेश गरेको भन्दै तल्लोस्तरको गाली गदैं कुटपिट गरेको भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गरी गम्भीर आपत्ती जनाएको छ ।

मल्कवाङस्थती जनज्योती आधारभुत विद्यालयका प्रधानध्यापक रेशबहादुर विकलाई भेडिखाल्टाका ३५ बर्षिय बलबहादुर रोका, ३० बर्षका जितेन्द्र जुग्जालीले जातीय विभेद गदैं बायाँ खुट्टाको दुईवटा हड्डी भाँचिदिएको र करिव ५ मिटर अग्लो डिलबाट खसाली अमानवीय र घृणित कार्य गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको अध्यक्ष बलबहादुर विश्वकर्माले दोषीलाई तुरुन्त पक्राउ गरी जातीय भेदभाव तथा छुवाछुत ऐन अन्तर्गत  कारवाहीको माग गरेका छन् । घटना घटेको झन्डै दुई हप्तापछि यो घटना सार्वजनिक भएको छ ।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...