Wednesday 18th February 2026

कोरियाली नेता किम राष्ट्रपति पुटिनसँग भेटवार्ताको लागि रूसमा


तितोपाटी – राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–उन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन्। रुसी राष्ट्रपति पुटिन र नेता किमबीच रुसको सुदूरपूर्वी सहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले यसअघि नै घोषणा गरिसकेको छ।यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कूटनीतिक समाधानको पहलका विषयमा छलफल हुने कार्यक्रम तय भएको क्रेमलिनका विदेशनीति हेर्ने युरी उसाकोभले पत्रकारलाई बताएकी छन्। गत फेबु्रअरीमा भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दोस्रो शिखर बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उत्तर कोरियाली नेता किमको यो पहिलो भेटवार्ता हो।

किम बुधबार बिहान सबेरै निजी रेलबाट भ्लादिभोस्तकतर्फ लागेको उत्तर कोरियाली समाचार समिति केसिएनएले जानकारी दिएको थियो। नेता किमलाई रुसी सीमा सहर खसानमा स्थानीय नागरिकले परम्परागत शैलीमा भव्य स्वागत गरेको रुसी समाचार समितिले जानकारी दिएको छ। देशमाथि लागेको आर्थिक प्रतिबन्धका कारण संकटमा परेका किमले गत वर्षदेखि कूटनीतिक गतिविधिलाई तीब्रता दिएका छन्। रुसी राष्ट्रपति पुटिनले नेता किमलाई रुस भ्रमणका लागि निम्ता दिएका थिए।

नेता किमका हजुरबुबा किम इल सुङ र बुबा किम जोङ इलले पनि विगतमा रुस भ्रमणका क्रममा भ्लादिभोस्तकको भ्रमण गरेका थिए। रुस र चीनको सहयोगमा उत्तर कोरियाली कम्युनिस्टले कोरियालाई जापानको उपनिवेशबाट मुक्त गराएका थिए।

विगतमा पूर्वसोभियत संघसँग निकै राम्रो मैत्रीपूर्ण सम्बन्ध रहेको भएपनि सन् १९९० को दशकमा रुसको बिघठन पश्चात रुस र उत्तर कोरियाको सम्बन्ध चिसिएको मानिन्छ। रुस आफैं आर्थिक संकटमा परेपछि उत्तर कोरियाले रुसबाट अपेक्षित सहायता प्राप्त गर्न नसकेको विश्लेषकले बताउने गरेको छन्।

विश्व समुदायबाट अलग्गिएको उत्तर कोरियाका धेरै नागरिक रुसका पूर्वी सहरमा रोजगारीका लागि पुग्ने गरेका छन्। रुसी राष्ट्रपति पुटिन चीनमा आयोजना हुने बिआरआई सहयोगसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा रुसको पूर्वीक्षेत्र भ्लादिभोस्तक आउँदै छन्। सन् २०१८ को मार्च महिनादेखि हालसम्म उत्तरी कोरियाली नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चार पटक, दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनसँग तीन पटक, अमेरिकी राष्ट्रपति ट्रम्पसँग दुई पटक र भियतनामका राष्ट्रपतिसँग एक पटक भेटवार्ता गरेका छन्। विश्लेषकका अनुसार किम अमेरिकाको साथमा उभिएर व्यापक अन्तरराष्ट्रिय सहयोग पाउने आशामा रहेका छन्।


सम्बन्धित शीर्षकहरु

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् ।…

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिकृयाहरू
...