Saturday 28th March 2026

नयाँ शक्ति नै किन ……?


जयनारायण माझी थारू – आजको यो जटिल परिस्थितिमा इतिहासको शिक्षा, बर्तमानको जटिलता र भविष्यको गोरेटो बिचको बस्तु स्थिति खोज्ने कोसिश गर्दा गर्दै जिवन यहाँसम्म आईपुग्यो । एकचोटी हामी सोचौ, हामी नेपालीको धरातल आर्थिक रुपले कति मजबुत छौ? हामी नेपाली जनता कति भाग्यमानी हाम्रै जिवनकालमा निरंकुश राणाकालिन राज्य सत्ता , पञ्चयाती ब्यवस्था सङ्ग सङ्गै बहुदलिय प्रजातान्त्रिक ब्यवस्था हुदै दसवर्षे जनयुद्ध सम्म आएर वर्तमान नेपालमा लोकतान्त्रिक गणतन्त्र सम्म आई पुगेका छौ । ब्यवस्था परिवर्तन हुदै गर्दा नेपाल र नेपाली जनताको जीवनमा भने अझै पनि परिवर्तन भएको छैन ।

धेरै समय पछि नेपालमा लोकतान्त्रिक सम्बैधानिक प्रणालीबाट जनताद्वारा अनुमोदन गरेको दुईतिहाईको बहुमतको सरकार नेपालमा छ । जुन नेपालको इतिहास कै सबैभन्दा शक्तिशाली जन अभिमत प्राप्त छ । अनि त्यसै सँग चुलिएका छन नेपाली जनताका अपेक्षा आकाङ्क्षाहरु । जनता आउँदा दिनहरुमा नेपाल र नेपालीको लागि सकारात्मक तथा प्रवाभकारी बिधिको शासन, कानुनीराज्यको अनुभूति चाहन्छन । देशमा सङ्घिय लोकतान्त्रिक गन्तत्रन्त स्थापना त भयो तर अझै समान्तवाद , गैररास्ट्रवाद भनिएका समान्तीहरुको ढुकुटी फुट्न सकेको छैन । बर्तमान अवस्थाको नेपालमा गरीबहरु झन झन गरीबिको रेखामुनि पर्दैछन भने समान्ती शोसकहरुको दिन प्रतिदिन बोलबाला हुदैछ । जनता उहि भोका नाङ्गा स्वास्थ्य, शिक्षा, रोजगारी बाट बन्चित छन । सधैभरि अभावको जिवन निर्वाह गर्न बाध्य छन । आज प्रत्येक नेपाली जनता जन्मजात आफ्नो टाउकोमा करिब करिब ३६ हजार ७ सय ७५ रुपैया ऋण लिएर जन्मिरहेका छन । बिभिन्न आन्दोलनबाट प्राप्त ब्यवस्था जुन जनताको नासो जनताले पाए पछि पलाएका आशाका किरणहरु दिन प्रतिदिन निरासामा बदलिदैछन । सहिद घाइते परिवारको अवस्था उस्तै छन । लोकतन्त्रलाई सहि सच्चा लोकतन्त्रको रूपमा महशुस गर्न पाएका छैन अहिले पनि नेपाली जनताले । आफ्नो छोराछोरीलाई विदेश पठाएर विदेशबाट पठाएको रेमिटान्स या विप्रेषण जे भने पनि दिगोको साथ जिवन यापन गर्न पाइएको छैन । नेपालीहरु ज्यालादारी गरेर कमाउने मजदुर मात्र होइनन्, विश्व परिप्रेक्ष्यमा नेपालीहरुको गहकिलो उपस्थितिलाई लोकतन्त्रले उज्जागर गर्न नस्क्नु , न्याय, समृध्दि, बिकास, आर्थिक क्रान्ति गरि रोजगारी दिलाउन सकेको छैन । हरेकको चुल्होमा आगो बलाउन सकेको छैन हरेकको आङ्गनमा खुशीको फुल फुलाउन सकेको छैन अनि नेपाली मनहरुमा नेपालीपन ल्याउन सकेका छैनन्  बर्तमान लोकतन्त्रका पहरेदारहरुले । यस्को जिम्मेवार कसले लिने ? लोकतान्त्रिक ब्यवस्थाले कि लोकतन्त्रको नाममा रजाई गर्ने छोटे राजाहरुले ……?

जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन, जनजाति आन्दोलन लगायत सत्तरी वर्षको लामो संघर्षपछि हामीले लोकतान्त्रिक क्रान्ति मूलत: पूरा गरेका छौं । अबको पालो आर्थिक क्रान्ति सहित परनिर्भरताको अन्त्य , बिकास र समृध्दि हो । तर हालका राजनीतिक दलहरु र उनीहरुको नेतृत्व वा गठबन्धनमा बन्ने सरकारले राजनीतिलाई जनसेवी बनाउने र तीब्र आर्थिक क्रान्ति गर्ने कुनै सम्भावना छैन । राजनीति जनसेवी नहुने वित्तिकै राज्यका स्थायी संरचना समावेशी, सहभागीतामूलक, र जनताप्रति जवाफदेही रहने सम्भावना हुन्न । त्यसको अभावमा समावेशी विकास सम्भव हुँदैन । आज देशलाई जन्जीरले बाधेको जस्तो बाधेर राखिएको छ । देश, जनता र राज्य व्यावस्थालाइ , यो जन्जीरबाट  मुक्त गर्न सकेनौ भने देश र जनताले फेरि ठुलो मुल्य चुकाउनु पर्छ , यस्तो स्थायी संकटबाट निस्कन नेपाल र नेपालीको लागि नयाँ बिचार सहितको परिकल्पना गर्दै अब अगाडि बढ्न बिकल्पमा उदाउन जरुरि छ , यसैलाई मध्यनजर गर्दै –
१.. जनता द्वरा निर्वचित रास्ट्रपति प्रणाली
२.. सदाचार सुशान
३.. समावेशी पुर्ण समानुपातिक मुलक सहभागिता सहितको लोकतन्त्र
४.. आर्थिक क्रान्ति
५.. समृध्दि
६.. परनिर्भरताको अन्त्य
७.. समावेशि बिकास सहित जनताको पुर्ण सहभागिता
८.. सप्तरङ्गि ईन्द्रेणि रास्ट्रवाद

राजनीतिमा नयाँ शक्तिको ऐतिहासिक आवश्यकता खट्किएको छ । नयाँ शक्तिले मात्र राजनीतिलाई जनसेवी बनाउँदै समावेशी विकासको बाटो खोल्न सक्छ । नयाँ शक्तिले मात्र नेपाली समाजको विविधतालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सही गति दिन सक्छ । नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ संगठन, नयाँ नेतृत्व र नयाँ कार्यशैली सहितको नयाँ शक्तिले मात्र नयाँ युगको नयाँ कार्यभार पूरा गर्न सक्छ जनताको रहेक आवश्यकता लाई पुरा गर्न नयाँ बिचार सहित नयाँ सिधान्त को प्रतिपादन गर्दै देशलाई सप्तरङ्गि रास्ट्रवाद बनाउने प्रति सदैव तत्पर रहदै अगाडि बढेको छ !

नायाँ शक्ति पार्टि नेपाल
कुवैत शाखा

लेखक नयाँ शक्ति पार्टी कुवेतका महासचिव हुन ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...