Thursday 16th January 2025

विप्लवको नेपाल बन्दमा बम अातंक, कतै पड्किए कतै डिस्पोज


तितोपाटी – विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव अहिले मुलुकभर देखिएकाे छ । लामाे समयदेखि सरकारसँगकाे असहमतिमा विभिन्न किसिमका घटना गराउँदै अाएकाे विप्लवले अाज (बैशाख ५ गते) बिहीबार गरेकाे बन्द अाह्वानसँगै विभिन्न ठाँउमा बम बिस्पफाेट भएका समाचार बाहिरएका छन् ।

बिहीबार बिहान ३ बजेतिर रुपन्देहीका ३ ठाउँमा बिस्फोट भएको जनाइएको छ । जिल्लाको सैनामैनामा ठूलो आवाजसहित बम बिस्फोट भएकाे त्यहाँका स्थानीयले बताएका छन् । त्यस्तै देवदहको धकधैइमा पनि बिहान ४ : ३० बजेतिर ठूलो आवाजसहित बम विस्फोट भएको एक स्थानीयले बताएका छन । कञ्चन गाउँपालिका परिसरमासमेत बम फेला परेपछि बम डिस्पाेज गर्नका लागि प्रहरीसहित डिस्पोजल टोलि त्यसतर्फ गएको छ । त्यस्तै रुपन्देहीको कोटीहवा नजिकै (टाईगर प्यालेस जाने बाटोमा) बम भेटिएको र सेनाको डिस्पाेजल टोलीद्वारा सो बम डीस्पोज गरिएको छ । भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको यात्रुवाहक बसमा पेट्रोल बम प्रहार भएको बताइएको छ ।

पाल्पाको रिब्दिकोट गाउपालिकाको कार्यालयमा पनि बम बिस्फोट भएको बताइएको छ । विस्फोटले गाउँपालिका भवनको सबै सिसाहरु फुटेर क्षति पुगेको एक प्रतक्ष्यदर्शीले बताएको छन् ।

बुटवलको ट्राफिक चोकमा शिवम् मेसिनरी स्टोर अगाडि राखिएको शंकास्पद बस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । परालमाथी रुखको छाहारीमा राखिएको उक्त संकास्पद बस्तु बम भएको भेटिएपछि नेपाली सेना बुटवलको टोलीले बमलाई डिस्पोज गरेको हो ।


मुख्य सडक तथा माथी हाइटेन्सन लाइन भएको हुँदा सडकको छेउमा राखेर डिस्पोज गरिएको हो । ट्राफिकचोकमा बम भएको खबर पाएपछि हजारौँ स्थानीयहरु सडकमै पुगेर बम डिस्पोज गरेको हेरिरहेका थिए । उनीहरुलाई संयम राख्दै कुनै घटना हुन नदिनको लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो ।

विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको बन्दको प्रभाव देश भरी देखिएको छ । बिहीबार बिहानैबाट विभिन्न ठाँउमा बम बिस्फोटका घटना भइरहेका छन् । यसैबीच कैलालीको विभिन्न ठाँउमा पनि बम फेला परेका छन् । जिल्लाको बौनिया, लम्की, राजिपुर, अत्तरिया लगायतका क्षेत्रमा बम फेला परेको कैलाली प्रहरीले जानकारी दिएको छ । त्यस्तै कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजारमा बम फेला परेको छ । बम डिस्पोज गर्न सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीको इन्द्रचोकमा बम बिष्फोट भएको छ । जिल्ला प्रहरी कार्यालयबाट ४ सय मिटर पश्चिम ब्यस्त बजारमा बिहीबार बिहान साढे १० बजे विष्फोट भएको हो । राजमार्ग नजिकै रहेको झाडीमा बम बिष्फोट भएको हो । बिष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने भएको छैन । कावासोतीको केन्द्र इन्द्रचोकमा नै बम बिष्फोट भएपछि स्थानीय त्रसित छन् ।

उता काभ्रेको पनौती नगरपालिका ७ मा शंकास्पद वस्तु भेटिएको छ। पनौती मल्पी खोपासी जाने चोकमा दुईवटा बोराभित्र खतरा लेखी राखिएको शंकास्पद वस्तुलाई नेपाली सेना र नेपाल प्रहरीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

बस्ती नजिक व्यस्त सडमा खतरा लेखी बोरामा तार बेरी राखिएको अवस्थाको शंकास्पद वस्तुलाई निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरीले जानकारी दिए। उनका अनुसार बोरामा बियरको सिसिलाई बोरा र तारले बेरेर त्रास फैलाउन नक्कली बम राखेको बताए।

 

 


सम्बन्धित शीर्षकहरु

मध्यस्थकर्ता कतारले इजरायल र हमासले गाजामा १५ महिनादेखि चलिरहेको युद्ध रोक्न र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको लागि इजरायली बन्दीहरूलाई…

यमनमा तेहरान-समर्थित हुथीहरू विरुद्ध हवाई आक्रमण अभियान सञ्चालन गरेको केही दिनपछि, इजरायली वायुसेनाका कमाण्डर र पाइलटहरूले सोमबार हिब्रू मिडियालाई भने…

संभवत आज नत्र भोली सम्ममा ईजरायली मन्त्री मण्डल ले अनुमोदन गरे पछि हमास ईजरायल बीचको बन्दक संझौता १६ जनवरी बाट…

प्रतिकृयाहरू
...