Monday 28th July 2025

अष्ट्रेलियाको सांसद बन्न नेपाली पनि उम्मेदवार


तितोपाटी-यहाँको सत्तारुढ दल लिबरलले नेपाली युवा प्रमेज श्रेष्ठलाई संसद्‌मा उम्मेदवार बनाउने निर्णय गरेको छ । न्यु साउथ वेल्सको लिबरल पार्टीले उनलाई सिड्नीको बार्टन निर्वाचन क्षेत्रबाट उम्मेदवारका रुपमा चयन गरेको हो ।

स्ट्रेलियामा यही मे १८ मा संसदीय निर्वाचन हुँदैछ । निर्वाचनमा उनले लेबरकी नेतृ लिण्डा बर्नी, ग्रिन्सका कोनोर पेरिसिस, युनाईटेड अस्ट्रेलियाका बेन ल्यु लगायतकासँग प्रतिस्पर्धा गर्नेछन् । यस निर्वाचन क्षेत्रले सिड्नीमा नेपालीहरुको सबैभन्दा धेरै बसोबास रहेका क्षेत्रहरु मानिने रकडेल, टेम्पे, वलाईक्रिक, कोग्राहा, हस्ट्रभिल, म्यारिकभिल लगायतका स्थानहरु समेट्छ । श्रेष्ठ अस्ट्रेलियामा रहेका नेपालीहरुको लिबरल पार्टी सम्बद्ध लिबरल फ्रेण्डस् अफ नेपालको युवा संयोजकसमेत हुन् । सत्तारुढ दलले नेपालीलाई संसद्को उम्मेदवारमा सिफारिस गरेको यो पहिलो अवसर हो ।

१ लाख ७ हजार मतदाता रहेको उक्त क्षेत्रमा विपक्षी दल लेबरले अधिकांश निर्वाचनमा जित हासिल गरेको भए पनि लिबरलको समेत राम्रो पकड रहेको क्षेत्रका रुपमा चिनिन्छ । सो निर्वाचन क्षेत्रमा सन् २०१३ मा भएको निर्वाचनमा लिबरलका निकोलास भारभारिसले जित हासिल गरेका थिए भने अघिल्लो निर्वाचनमा लेबरकी नेतृ लिण्डा बर्नि निर्वाचित छिन् । श्रेष्ठले अधिकांश युवाहरुको भोट तान्न सक्ने अनुमान लगाइएको छ ।

‘यो मेरो लागि मात्र नभएर अस्ट्रेलियामा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई समेत अघि बढ्न प्रेरित गर्ने अवसर हो ।’ सांसद्का उम्मेदवार बनेपछि उनले कान्तिपुरसँग भने । उनले अस्ट्रेलिया र अस्ट्रेलियाली मात्र नभएर नेपाली तथा नेपालले गर्व गर्नयोग्य काम गर्ने सुनाए । उनले आफ्नो चुनावी अभियान सुरु गरिसकेको समेत जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

प्रतिकृयाहरू
...