Wednesday 25th March 2026

महालेखाको प्रतिवेदनः झण्डै पाैने ४ खर्व भन्दा बढि बेरूजु, बेरूजु प्रतिशत बढ्यो


तितोपाटी-महालेखा परीक्षकको कार्यालयको प्र्रतिवेदनले ३ खर्ब ७७ अर्ब ४८ करोड बराबर बेरुजु फस्र्यौैट हुन बाँकी रहेको देखाएको छ ।

महालेखाले संघीय, प्रदेश र स्थानीय तह, संगठित संस्था, समिति लगायतको ५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरेको हो । लेखापरीक्षणमध्ये ४ हजार ८ सय ४१ संघीय सरकारी निकायतर्फ २० खर्ब ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लेखा परीक्षणबाट १ खर्ब ६ अर्ब ३४ करोड अर्थात् ५ दलशमलव २९ प्रतिशत बेरुजु देखिएको छ ।

सार्वजनिक संस्था, जिल्ला समन्वय समिति र अन्य समितिको २५ खर्ब ७७ अर्ब ९५ करोडको लेखापरीक्षण सम्पन्न महालेखाले जनाएको छ । गत वर्षको बाँकी बेरुजु २ खर्ब ९० अर्ब ५२ करोडमा समायोजन र फस्र्यौैट गरिएकोमा वर्ष थप भएको १ खर्ब ४१ अर्ब ५ करोडसमेत गरी ३ खर्ब ७७ अर्ब ४८ करोड बराबर बेरुजु फस्र्यौैट हुन बाँकी छ ।

लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष ९ अर्ब ७० करोड रुपैयाँ बराबर असुल भएको छ । यो वर्ष ५४ अर्ब ६५ करोड बेरुजु फस्र्यौैट तथा सम्परीक्षण भएको हो ।

प्रतिवेदनमा ४० भन्दा बढी सचिव र कार्यालय प्रमुखलाई बेरुजुको जिम्मेवार व्यक्तिका रुपमा उल्लेख गरेको छ । महालेखाका अनुसार पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीदेखि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका स्थानीय विकास मन्त्रालयका तत्कालीन सचिव दिनेश थपलियासम्म बेरुजुको लिष्टमा छन् ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...