Wednesday 14th January 2026

भेडेटार – धरान रूटमा बस दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु, दर्जनाै घाइते


तितोपाटी – भेडेटारबाट धरानतर्फ आउँदै गरेको बस जीरो पोइन्ट भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा ४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने दर्जन बढी यात्रु घाइते भएका छन् ।

घटनास्थलमा उद्धारका लागि पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा ना६ख २७१३ नम्बरको बस ब्रेकफेल भएका कारण अनियन्त्रित भएर पल्टिएको हुन सक्ने अनुमान गरिएको छ ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...