Wednesday 25th March 2026

सोलुबाट काठमांडौ जादै गरेको जीप ओखलढुंगामा दुर्घट्ना, ६ जनाको मृत्यु


तीतोपाटी- सोलुखुम्बु जुनबेशीबाट काठमांडौको लागि छुटेको जीप ओखलढुंगामा दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार मृत्यु ताप्लेजुङ ओलाजुङका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा, काठमाडाँै बौद्धका ४० वर्षीय ङवाङ शेर्पा र ३५ वर्षीय नोर्बु शेर्पा रहेका छन् । दुई जनाको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

घाईतेको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ । अहिले घटनास्थलमा हर्कपुर प्रहरी चौकीबाट प्रहरी टोली पुगिसकेको र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ । प्रहरीका अनुसार बा १६ च २२०७ नम्बरको जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको छ ।


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...