Thursday 8th October 2026

विप्लवको गाउँमा प्रहरीको छापा, प्रहरीको गोलीबाट कार्यकर्ता घाइते


तिताेपाटी — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रम चन्द (विप्लव)को घर रहेको क्षेत्रमा छापा मारेर प्रहरीले हतियारसहित गाेली बरामद गरेकाे छ । शिवराज नगरपालिका-९ तुरुन्तापुरमा दुर्गाबहादुर रोक्काको घरबाट दुईथान एसएमजी र एकथान चाइनिज पेस्तोल बरामद गरेको हाे ।

त्यस्तै, त्यस्मा लाग्ने ४ थान म्याग्जिन, ३ थान गोली, एम १६ मा लाग्ने १ सय २९ थान गोली, ४० मिटर वायरिङ तार र एउटा रिमोर्ट पनि बरामद गरेको छ। नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार बिहान उनको घरमा सर्च गरेका थिए।

हतियार बरामद भएपछि भाग्न खोज्दा रोक्का घाइते भएका छन्। प्रहरीले खुट्टा तल गोली प्रहार गरेर उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ।

रोक्का पक्राउ परेपछि उनलाई छुटाउन माओवादी कार्यकर्ताले नेपाल राष्ट्रिय निमाविका विद्यार्थीलाई प्रयोग गरेका थिए। विद्यार्थीहरुले पक्राउ परेका व्यक्ति छाड्न दबाब दिन नाराबाजी गरेका थिए।

विद्यार्थी सडकमा उत्रिएपछि प्रहरी पछि हटेको थियो। प्रहरी र विद्यार्थीबीच केही बेर तनाब भएको थियो। प्रहरीले अन्य केही घरहरुमा पनि छापा मारेको बताइएको छ।

विस्तृत विवरण आउन बाँकी छ। प्रहरीको संयुक्त टोली अहिले सुन्दरी डाँडास्थित इलाका प्रहरी कार्यालय फर्किएको छ।
-कान्तिपुर

सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...