Sunday 2nd August 2026

मेलम्ची प्रकरणले खानेपानी मन्त्रालयमा ‘लफडा’, सचिव ठाकुरको सरुवा गरियो


तीतोपाटी- खानेपानीमन्त्री बिना मगरसँग विवाद भएपछि सचिव गजेन्द्र ठाकुरको सरुवा गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गराउने विषयमा खानेपानी मन्त्री मगर र सचिव ठाकुरबीच मत बाझिएपछि सोमबार उनको सरुवा गरिएको हो ।

आयोजनाको काम छोडेर गएको इटालीयन कम्पनी सीएमसीलाई कानुन विपरित २ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिएर फेरि बोलाउन मन्त्रीले दवाव दिएको तर, निर्देशन नमान्दा आफूलाई सरुवा गरिएको सचिव ठाकुरले दाबी गरेका छन् ।

सोमबार आफ्नो सरुवा गरिएको अनौपचारिक रुपमा आफूले थाहा पाएको उनले बताए । मन्त्री मगर अहिले कञ्चनपुर भएको र यसबारे केही कुरा नभएको बताउँदै उनले सरकारले जहाँ सरुवा गरेको भएपनि गएर काम गर्ने बताए ।

उनले आफूले नेपालीले नै बाँकी काम साढे २ अर्बमा गर्न सक्ने र समयमा पानी पनि आउने बताएको उल्लेख गर्दै फेरि सीएमसी आए मुलुकलाई ७ अर्ब घाटा लाग्ने बताए ।

सचिव ठाकुरले सीएमसी आएर फेरि काम गर्ने ग्यारेन्टी नभएको बताउँदै उसको धरौटी रकम र साढे दुई अर्ब क्षतिपूर्ति दिनु राज्यलाई हानी पु¥याउनु बाहेक केही नभएको उल्लेख गरे । खानेपानी मन्त्रालयमा यसअघि पनि अर्का सचिव कृष्णराज बिसीको सरुवा गरिएको थियो ।

मेलम्चीको सुरूङ खन्न ठेक्का पाएको इटालियन कम्पनी सीएमसीले एकपक्षीय ठेक्का तोडेपछि सचिव ठाकुर विवादमा परेका थिए । गत माघ २४ गते सरकारले सीएमसीसँग ठेक्का तोडेको थियो । ठाकुरले ठेकेदार कम्पनीसँग समन्वय नगर्दा सीएमसी काम छाडेर हिँडेको आरोप लाग्दै आइरहेको छ । तर, यसलाई सचिव ठाकुरले अस्वीकार गर्दै आएका छन् ।

मेलम्ची खानेपानी आयोजनको काम अघि बढाउने सम्बन्धमा मन्त्री मगर र ठाकुरबीच पहिलेदेखि नै मत बाझिएको थिये । ठेक्का तोडिएपनि मन्त्री मगरले फेरि सीएमसीलाई ल्याउन पहल थालेकी हुन् । अहिले मेलम्ची खानेपानी आयोजना अन्योलमा छ


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वव्यापी तेल बजारमा अनिश्चितता बढेको छ, जसबाट ठूला तेल कम्पनीहरूले आर्थिक लाभ उठाउने अवस्था देखिएको छ।…

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास…

प्रतिकृयाहरू
...