Tuesday 23rd June 2026

बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या, (हाम्ली डन) प्रहरी फन्दामा


तीतोपाटी-जबरजस्ती करणी पश्‍चात् बालिकाको हत्या गरी जलाउने अभियुक्त धनुषा बटेश्वर–४ बैगाली टोल बस्ने निरन भन्ने निरज जर्घा मगर (हाम्ली डन) लाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

धनुषा मिथिला नगरपालिका–३ हरिहरपुर मगर टोलस्थित उखुबारीमा सोही ठाउँ बस्ने बोल्न नसक्ने ११ वर्षीया रेश्मा भन्ने दुतिया रसाइलीको जलेको शव फागुन २ गते बिहान फेला परेको घटनाको अनुसन्धानको क्रममा अभियुक्त जर्घा मगरको संलग्नता खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित विवाह भोजमा फागुन १ गते साँझ पुगेकी बालिकाको भोलिपल्ट शव फेला परेपछि तत्कालै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, संघीय प्रहरी र्कायालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले सुक्ष्म अनुसन्धान गरी खोजी गर्ने क्रममा लुकिछिपी भारततर्फ भाग्न लागेको अवस्थामा धनुषा बिदेह नगरपालिका–२ दुहबी टोलबाट अभियुक्त जर्घा मगरलाई पक्राउ गर्न सफल भएको हो ।

उक्त विवाह भोजमा नाचगान गर्ने क्रममा बिजुलीको लाइन काटिएको मौकामा जर्घा मगरले बालिकालाई फकाउन पसलबाट चाउचाउ र फ्रुटी किनिदिएर उखुबारीमा लगी जबरजस्ती करणी गरे पश्‍चात् घाँटी थिचेर हत्या गरी शवमाथि उखुको पात, बालिकाको कपडा र चप्पल राखेर आगो लगाएको अनुसन्धानबाट खुल्न आएको छ ।

त्यसपछि पुनः विवाह घरमा नाचगान हेर्न गई मामाघरमा सुतेका मगर भोलिपल्ट घटनास्थल हेर्न गएको र तत्पश्‍चात गाँउबाट भागेका थिए । अभियुक्त मगर यसअघि विभिन्न अपराधिक घटनामा सजाय भुक्तान गरी सकेको समेत बुझिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

निजलाई जबरजस्ती करणी गरी कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...