Sunday 3rd May 2026

धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरी जलाउने एक युवक पक्राउ


तितोपाटी – धनुषामा शुक्रबार बालिकालाई बलात्कारपछि हत्या गरी शव जलाएको आरोपमा एकजना पक्राउ परेका छन् । मिथिला नगरपालिका–३ हरीहरपुरकी ११ वर्षीया रेश्मा भन्ने दुतीया रसाइलीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले धनुषा बटेश्वर–४ स्थित काका घरमा बस्ने २२ वर्षीया निरज जर्घामगरलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार मामा घर आएका बेला विवाहमा नाच्दै गरेकी ११ वर्षीया बालिकालाई निरजले फ्रुटी र चाउचाउको प्रलोभनमा बस्ती बाहिर लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कारपछि अचेत अवस्थामा रहेकी बालिकालाई जर्घामगरले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए।

‘लागूऔषध ट्याब, गाँजा र मदिरा खाएर मातिएका मगरले ११ वर्षीया बालिकालाई फ्रुटी र चाउचाउको प्रलोधन दिएर उखुबारीमा बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ,’ प्रहरी उपरीक्षक खनालले भने, ‘अपराधिक पृष्ठभूमिका जर्घामगरले पक्राउ गर्ने डरले हत्या गरी प्रमाण नष्ट गर्न उखुको पातले बालिकालाई जलाएका थिए।’ राम्रोसँग बोल्न समेत नसक्ने बालिकालाई बलात्कार पछि घाटी थिचेर हत्या गरी बालिकाको लुगा र चप्पल समेत शरीरमा राखेर उखुको पातमा लाइटरले आगो लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

‘काठमाडाैंमा सार्वजनिक अपराध र धनुषाको ढल्केबरमा केटी जिस्काएको आरोपमा थुनामा परेका निरजले बालबालिकालाई ‘इज्जी टारगेट’ गरेको देखिन्छ,’ प्रहरी उपरीक्षक खनालले भने।

घटना लगतै जिल्ला र प्रदेश प्रहरीको टोली घटनाको अनुसन्धानमा जुटेको थियो। बालिका बलात्कारपछि हत्या गरी भारततर्फ जान लागेका मगरलाई दुहबीबाट सोमबार प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताए।

पक्राउ परेका जर्घामगरका बुवा र आमा छुट्टिएर बस्दै आएका छन्। बुवा भारतको दरभंगा र आमा काठमाडौंमा बस्दै आएकी छन्। आफन्तको घरमा बसेर उनले पेन्टिङ र मजदुरीकाे काम गर्दै आएका थिए। निरज गाउँमा ‘निरन’ र ‘हाम्ली डन’ नामले समेत परिचित थिए।


सम्बन्धित शीर्षकहरु

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

तस्बिरमा रहेको विज्ञप्तिअनुसार राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्ले स्वीकृत गरी प्रमाणीकरणका लागि पठाएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)…

मध्यपूर्वमा बढ्दो सामरिक प्रतिस्पर्धाबीच इजरायलले आफ्नो हवाई शक्ति अभूतपूर्व रूपमा विस्तार गर्ने निर्णय गरेको छ। रक्षा मन्त्रालयका अनुसार दशौँ अर्ब…

प्रतिकृयाहरू
...