Tuesday 6th May 2025

साउदी युवराजलाइ पाकिस्तानको भव्य स्वागत, २० अर्व डलरको सम्झाैता


तितोपाटी – वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तिय भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानका लागि आइतबार एउटा भब्य स्वागत गरेको छ ।

एमबीएस भनेर चिनिने मोहम्मद बिन सलमानले आफ्नो पाकिस्तान भ्रमणको शिलशिलामा वर्तमान् इमरान खान सरकारलाई अर्बौं डलरको सहयोगको प्रतिवद्धता जनाउने अनुमान गरिएको छ । उनले एसियाका पाँच देशको भ्रमणमध्ये पाकिस्तान पहिलो गन्तव्य ठानिएको थियो तर मलेशिया र इण्डोनेशियाको भ्रमण अहिलेका लागि पछि धकेलिएको छ ।

साउदी शाही भ्रमणलाई पाकिस्तानमा पछिल्लोपटक यति नै धुमधामसँग सन् २००६ मा लिइएको थियो जब साउदी शासक राजा अब्दुल्लाह बिन अब्दुलाजिजले परमाणु अस्त्र देशको भ्रमण गरेका थिए ।

इमरान खानले व्यक्तिगत रुपमै व्यवस्थापनको ख्याल गरिरहेको बताइएको छ । भारतले कश्मिरमा सुरक्षा फौजमाथिको घातक हमलामा पाकिस्तानलाई दोष लगाएपछि भारत र पाकिस्तानबीच तनाव चुलिएका बेला युवराज बिन सलमानको भ्रमण भएको छ । यसले पाकिस्तानमाथि आतङ्कवादको आरोप लागेका समय ठूलो सहयोगको महशुुुस भएको छ । १ हजार शक्तिशाली प्रतिनिधिका लागि इस्लामावादमा सयौं पाँचतारे कोठाहरू अग्रिम रुपमै बुक गरिएका थिए ।

दुई दिने भ्रमणमा साउदी युवराज प्रधानमन्त्रीको निवासमा बस्नेछन् । यसरी प्रधानमन्त्री निवासमै यसअघि कुनै पनि अन्य देशका अतिथिलाई राखिएको थिएन । केन्द्रिय बैंकसँग विदेशी मुद्रा सञ्चय अन्तर्गत जम्मा ८ अर्ब डलर मात्रै रहेको छ र भुक्तानी सन्तुलन संकटको सामना गरिरहेको छ । दुईदिने भ्रमणका लागि पाकिस्तान आएका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पाकिस्तानसँग २० अर्ब डलर बराबरको सम्झौताको घोषणा गरेका छन् । सम्झौतामा ग्वादर नजिक एक तेल प्रशोधन केन्द्रमा ८ अर्ब डलर लगानी पनि सामेल छ ।

सम्झौताको घोषणा गरेपछि साउदी राजकुमारले पाकिस्तानको भविष्य उज्ज्वल रहेको बताए । ‘गत वर्ष पाकिस्तानले पाँच प्रतिशतको दरले आर्थिक प्रगति गर्‍यो । अहिलेको नेतृत्वमा पाकिस्तानको सुनौलो भविष्य छ,’ उनले भने, त्यसैले मैले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौता गरें जुन पाकिस्तानमा साउदीको लगानीको पहिलो कदम हो ।’

गत अगष्टमा शपथ लिएयता पूर्व क्रिकेटर इमरान खानले मित्र राष्ट्रहरूसँग सहयोगका लागि आक्रामक प्रयासहरू गरिरहेका छन् ताकि पाकिस्तानको अर्थतन्त्रलाई जोगाउन सकियोस् । उनले अन्तराष्ट्रिय मुद्रा कोषसँग निकै कडा सर्तसहित सहायता खोजिरहेका छन् ।
इमरान खानका अनुसार २५ लाख पाकिस्तानी नागरिक साउदी अरबमा काम गर्दछन् । यी मजदुरहरु आफ्नो घरपरिवारलाई छाडेर श्रम गर्दछन् र लामो समयसम्म परिवारका सदस्यबाट टाढा हुन्छन् । इमरान खानले भने, ‘यी मजदुरहरु मेरो मनमा छन् । मजदुरी गर्नेहरुसँग धेरै प्रकारका समस्याहरु हुन्छन् । त्यसैले साउदी राजकुमारले उनीहरुका समस्याको ख्याल गर्नुहोला ।’

त्यसक्रममा साउदी राजकुमारले भने, ‘पाकिस्तानले उनीहरुलाई साउदी अरबमा पाकिस्तानका प्रतिनिधि ठाने हुन्छ र सबै समस्या समाधानका लागि मिलेर काम गरौंला ।’ आबुदावीका युवराज मोहम्मद विन जायद अल नयानको भ्रमण लगत्तै युवराज मोहम्मद बिन सलमानको भ्रमण भएको हो ।


सम्बन्धित शीर्षकहरु

कुवेत, यात्रु र कार्गो ट्राफिकमा कीर्तिमानी बृद्धि अनुभव गर्ने खाडी देशका विमानस्थलको विपरीत कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भने खडेरी लागेको छ…

गैर आवासीय नेपाली संघ (एनआरएनए)को विवाद रोचक मोडमा पुगेको छ । व्यक्तिगत इगो र संस्थाभित्रको चरम राजनीतिका कारण विभाजित बनेको…

नेपालका प्रथम शहिद क्याप्टेन लखन थापामगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापा मगर…

प्रतिकृयाहरू
...