Wednesday 14th January 2026

प्रधानमन्त्री ओलीले नेपाल पानीजहाज कार्यलयको उद्घाटन गरे


तितोपाटी – नेपाल पानीजहाज कार्यालयको उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालयको उद्घाटन गरेका छन। कार्यालय एकान्तकुनामा स्थापना गरिएको छ।

कार्यक्रमा प्रधानमन्त्रीले अब नेपालबाटै पानीजहाज चढ्न पाइने बताए। उनले देश जलयातायातमा प्रवेश गरिसकेको प्रष्टयाए। देशको झण्डा फहराउँदै पानीजहाज चल्ने उनको भनाई छ। उनले पानीजहाजको टिकट यही पाइने बताउँदै देश एक कदम अघि बढेको बताए।

प्रधानमन्त्री ओलीले ‘ड्रिम प्रोजेक्ट’ को रुपमा रहेको पानीजहाज सञ्चालन सम्वन्धि योजना बनाउन यतायात र उद्योगमन्त्रालयलाई निर्देशन दिएका थिए। सरकारले पानीजहाज चलाउने योजना बनाउँदा यसलाई असम्भव भन्ने समेत गरिएको थियो। पानी जहाजका विषयलाई सामाजिक सञ्जालमा आलोचना तथा मजाकको रुपमा पनि लिइएको थियो।

नेपालको जलमार्गहुँदै भारतसँग जोड्ने गरी योजना तयार पारिएको छ। नेपालको नारायणीबाट भारतको गंगा नदीसंग अन्तदेशीय सञ्जाल जोडिने छ। यसको नेपाल र भारतका प्राविधिकहरुले अध्ययन गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...