Sunday 29th March 2026

जुवा खेलाएको आरोपमा कुवेतको माहबुलाबाट १४ नेपाली पक्राउ


तितोपाटी – कुवेतको माहबुला ब्लक – २ स्थित झाडीमा रहेको भलिबल मैदान नजिक जुवा खेलाएको तथा खेलेकाे आरोपमा १४ जना नेपाली कामदारहरू पक्राउ परेका छन् । कुवेतको अहमदि गभर्नरेट अन्तर्गतको सुरक्षाबलले माहबुला स्थित झाडी अासपासबाट लंगुरबुर्जा, खडखडे, काैडा खेलाएको आरोपपमा  ति नेपालीहरूलाइ पक्राउ गरेको हो । यो समाचार सामाजिक पोर्टल आइमनमाटमा प्रकाशित भएको छ ।

प्राप्त समाचार अनुसार स्थानिय प्रहरीले अाज ति जुवाडेहरूलाइ पक्राउ गरि डिपोर्टेशन प्रकृयाको लागि सम्बन्धि विभागमा पठाएको बुझिएको छ । कुवेतको कानुन अनुसार जुवा खेल्न खेलाउन तथा मदिरापान निशेधित छ । निशेधित हुँदा हुँदै पनि नेपाली कामदारहरू कोही मदिराको कारोवारमा, कोही लागु पदार्थको ओसार पसार तथा सेवनमा र कोही जुवा खेल्न खेलाउने कार्यमा संलग्न भएको अारोपमा बेला बेलामा कुवेत प्रहरीद्दारा पक्राउ पर्ने गरेका छन् ।

माहबुलामा विगत लामो समय देखि खडखडे, लंगुरबुर्जा, काैडा हान्ने लगायतका जुवा खेल्ने खेलाउने र मदिरा समेत विभिन्न चिसो पेय पदार्थमा मिसाएर बेच्ने गरेको हल्ला चलिरहेको थियो भने स्थानिय प्रशासनले पटक पटक सचेत गराउँदा पनि त्यस किसिमका गैरकानुनी काम नरोकिए पछि कुवेत प्रहरीले अाज जुवा खेल्ने खेलाउने १४ जनालाइ पक्राउ गरि उनीहरूले अस्थायी रूपमा जुवा खेलाउन प्रयोग गर्दै आएको ठाउँमा डोजर समेत लगाएको हो ।

 


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...