Sunday 2nd August 2026

सर्लाही स्थित विपन्न परिवारलाई शरिन ख्युङ्वा र मञ्जुश्री ग्याबा द्वारा न्यानो लुगा तथा कम्बल वितरण


तीतोपाटी-सर्लाहीको हरिवन र बरहथवा नगरपालिकाका विभिन्न वडाका विद्यार्थी तथा विपन्न वृद्ध र विधवा महिलाहरुलाई न्यानो लुगा तथा कम्बल वितरण गरिएको छ ।

शरिन ख्युङ्वा तामाङ र मन्जु ग्याबा तामाङको विशेष सहयोगमा शनिबार ग्रोइङ नेपाल फाउन्डेसनको संयोजकत्मा उक्त सामग्रीहरु वितरण गरिएको हो ।

हरिवन नगरपालिकाको वडा नम्बर १० ताइवान बस्ती विकास टोलमा ५५ जना विपन्न वृद्ध र विधवा महिलाहरूलाई कम्बल वितरण कार्यक्रम सरोज रायको अध्यक्षता र उपमेयरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

वितरण टोली मन्जुश्री तामाङ, दिपक चापागाईँ, अनिशा राई, राधा मतांगी, शशी यादव, राज सिंघानिया आदिको विशेष अतिथ्य तथा स्थानीयवासीको उपस्थितीमा कार्यक्रम

सञ्चालन स्थानीय समाजसेवी वसन्त लामाले गरेका थिए ।

त्यसैगरी बरहथवा नगरपालिका वडा नम्बर १० ब्रहमस्थान, मूर्तिया टोलमा रहेको श्री समुदायिक प्रा.वि. का २५ जना छात्र-छात्राहरूलाई न्यानो उपहार स्वरूप ट्राउजर वितरण गरिएको छ ।

समाजसेवी मन्जुश्री तामाङको अध्यक्षतामा भएको वितरण कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक, पूर्वप्रध्यानाध्यापक, स्थानीय समाजसेवी, अभिभावक लगायत न्यानो अभियान टोली उपस्थिती थियो ।

बरहथवा वडा १० सितापुरमा रहेको श्रि महेन्द्र रत्न जगन्नाथ लक्ष्मीनिंया मा.वि. को-९ सुस्त-मनस्थिती रहेका ९ जनालाई ट्राउजर वितरण गरिएको छ । विधालयका प्रध्यानाध्यापक देवीदत्त, स्थानीय समाजसेवी लगायत रोहबरमा राहत सामग्री वितरण गरिएको हो ।

बरहथवा कै वडा १६ टांडी टोलमा रहेको श्री आधारभूत विधालयका ७६ जना छात्र-छात्राहरूलाई न्यानो लूगा (ट्राउजर सेट) वितरण गरिएको छ । त्यस्तै कविलासी नगरपालिकाकाे वडा ३ विरनगरा गाउँका ४० अति विपन्न परिवारका वृद्ध, एकल महिला र अपांगहरूलाई कम्बल वितरण गरिएको छ  ।

 


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास…

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा २३ प्रतिस्पर्धीलाई पछि पार्दै…

प्रतिकृयाहरू
...