Saturday 1st August 2026

आइजी खनालविरुद्ध संसदमा महेश बस्नेतको सांकेतिक प्रश्न


तीतोपाटी-नेपाल प्रहरीका महानिरिक्षक (आइजी) सर्वेन्द्र खनालविरुद्ध नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले सांकेतिक प्रश्न गरेका छन् ।

सांसदसँग सवाल–जवाफका लागि बुधबारको प्रतिनिधि सभा बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुुर थापा बादलसँग उनले निर्मला पन्त हत्या प्रकरणको जगमा प्रश्न सोध्ने क्रममा आइजी खनालविरुद्ध सांकेतिक प्रश्न गरेका हुन् ।

उनले सोधे,‘पन्त प्रकरणको छानबिनमा त्रुटी गर्ने तत्कालिन कञ्चनपुर प्रहरी प्रमूख डिल्लीराज विष्टलाई अनुसन्धानको जिम्मेवारी दिएर त्यहाँ खटाउने प्रहरी नेतृत्वतिर कारबाही गर्ने विषय के हुँदैछ ?’

बस्नेतले थापालाई सोधे,‘अनुुसन्धानको ९६ प्रतिशत काम सकिएको भन्नेमा बधाई छ । यहि प्रकरण मिडिया र केही एनजिओको खाने मेलो पनि भएको छ । तर, विष्टलाई अनुसन्धानको जिम्मेवारी दिने नेतृत्वलाई कारबाही गर्नु पर्दैन ?’

बस्नेतको प्रश्नले स्वभाविक रूपमा खनालविरुद्ध प्रहार गरेको बुझिन्छ । तर, एसपी विष्ट भने कञ्चनपुरमा आइजी खनाल नियुक्त पूर्व नै कार्यरत थिए ।  खनालकै कार्यकालमा पनि सो ठाउँको जिम्मेवारीमा थिए । तर, अहिले विष्टलाई जिम्मेवारी मुक्त गरी अनुसन्धानको दायरामा तानि सकिएको छ ।

जवाफमा गृहमन्त्री थापाले उक्त विषयमा सोचिरहेको बताए पनि प्रष्ट जवाफचाहिँ दिएनन् । तर आइजी खनाल र उनको टिमले भने निर्मला पन्त प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुराएको छ ।

पछिल्लो पटक केन्द्रीय अनुसन्धान व्युरोसहित महानगरीय अपराध महाशाखाका अब्बल अधिकारीसहितको अनुसन्धान जारी छ । त्यहाँमाथि उक्त प्रकरणलाई आइजी खनाल आफैंले पनि परिणाम दिनेगरी काम गर्न निर्देशन दिँदै आएका छन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास…

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा २३ प्रतिस्पर्धीलाई पछि पार्दै…

प्रतिकृयाहरू
...