Friday 3rd April 2026

लुम्बिनी समाजले मार्च १५ मा “लुम्बिनी मेगा म्यूज़िक सो” गर्ने


तितोपाटी – लुम्बिनी समाज नेपाल-कुवेतले अागामी मार्च १५ तारिक नेपालबाट अतिथि कलाकारहरू ल्याएर विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रमको लागि चर्चित गायक पुष्पन प्रधान सँगै नेपाल आइडल टप ५ अमित बराल साथै लोकदोहोरी गायिका शान्ती श्रइी परियारलाइ समाजले कुवेत ल्याउन लागेको जनाएको छ ।

समाजले आगामी मार्च १५ तारिख शुक्रबार दिन जिविब स्थित नाइटिगेम इंग्लिश स्कुलको सभाहलमा आफ्नो छैटौ वार्षिकोत्सवको अवसर पारी आयोजना गर्न लागेको “लुम्बिनी मेगा म्यूज़िक सो – २०१९ (LUMBINI MEGA MUSIC SHOW 2019)- Buddha was born in Nepal) मा आफ्नो सागितिक प्रस्तुति दिन अतिथि कलाकारहरु कुवेत आउन लागेको कार्यक्रम सयोंजक रमेश पाल्पालीले जानकारी दिएकाछन ।

प्रवास वाटै दुःखी,पीडित, समस्यामा परेकाहरुलाई मलहम लगाउँदै सामाजिक गतिविधिमा सक्रिय कुबेतको नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल लुम्बिनी समाजले केही नया सन्देश सहित आफ्नो छैटौं वार्षिकोत्सव सांगितिक धमाका सहित मनाउने उद्देश्यले “ “लुम्बिनी मेघा म्यूज़िक सो – २०१९” आयोजना गर्ने लागिएको हुँदा कुवेतमा कृयाशिल संघ संस्था, समाजसेवी , बुद्धिजीवी, पत्रकार, कलाकार लगायत सम्पूर्ण कुवेतवासी नेपालीलाइ हार्दिक निमन्त्रणा सहित कार्यक्रम सफल पारिदिनुहुन समाजका अध्यक्ष रुपेन हमालले सबैमाझ अनुरोध गरेका छन ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...