Monday 12th January 2026

प्रकाश सापकोटा र सारिका के.सीको प्रेममा को बन्यो “तगारो”(भिडियो सहित)


तीतोपाटी-मेशना डिजिटलको प्रस्तुतिमा अत्यन्तै वियोगान्त प्रेम कथामा आधारित मार्मिक लोक दोहोरी गीत ” तगारो” म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

चर्चित गायक तथा संगीतकार अमित बाबु रोकायको लय साथै विकल्प संगीतको शब्दमा सृजना गरिएको उक्त गीतमा बहुचर्चित गायिका बिष्णु माझी र गायक रिजन थापाको सुमधुर स्वर रहेको छ ।

ब्यस्त अनि चर्चित निर्देशक कपिल लामाको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियोमा पछिल्लो समय लगातार म्युजिक भिडियोहरुमा आफ्नो उत्कृष्ट प्रतिभा प्रस्तुत गर्दै लोकप्रिय बन्दै गएका मोडल प्रकाश सापकोटा र हरेक दर्शकको पहिलो रोजाइमा पर्ने बहुचर्चित मोडल सारिका के.सीको अभिनय रहेको छ भने भिडियोलाई सुरेश श्रेष्ठले छायांकन साथै दिपक बिष्टले सम्पादन गरेका छन ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...