Friday 3rd July 2026

सप्तरीमा प्रहरीको इन्काउन्टरमा मस्ट वान्टेड सूचीमा रहेका अभियुक्त दिनेश चाैधरीको मृत्यु


तितोपाटी – सप्तरीमा प्रहरी इन्काउन्टरमा मस्ट वान्टेड अपराधीको सूचीमा रहेका एक जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दीपेन्द्र चौधरी मारिएका हुन् ।

प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीले पनि जवफी फायरिङ गरेको २ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजी हरि पालले बताए। उनले भने, ‘गस्तीमा रहेका प्रहरी माथि गोली प्रहार गरेपछि प्रहरीको जवाफी फायरमा मृत्यु भएको हो।’ चौधरीको घटनास्थलमै मृत्यु भएको  डिआइजी पालले जानकारी दिए । चौधरीको टाँउकोमा गोली लागेको छ।

एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए । सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका उनीमाथि गोली प्रहार भएको थियो ।

जैसवालको समूहले २०७४ सालमा सप्तरीमै प्रहरीको गाडीमा एम्बुस प्रहार गरेका थिए । २०७२ भदौमा प्रहरी असई रमेश सुब्बाको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका थिए । उनको साथबाट प्रहरीले एकथान पेस्तोल पनि बरामद गरेको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान, असार १९ (एजेन्सी): अमेरिका–इजरायलको संयुक्त सैन्य आक्रमणमा करिब चार महिनाअघि मारिएका इरानका पूर्व सर्वोच्च नेता Ayatollah Ali Khamenei लाई…

रूसले युक्रेनमाथि ठूलो मात्रामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि पोल्याण्डले आफ्नो हवाई क्षेत्र सुरक्षित गर्नका लागि लडाकु विमान र हवाई…

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभामा दर्ता हुनु नेपालको युवा शक्ति, राष्ट्रिय अनुशासन र आपतकालीन तयारी क्षमतालाई संस्थागत गर्ने दिशामा एउटा…

प्रतिकृयाहरू
...