Wednesday 18th March 2026

चीनले फेरी २ वटा भु-उपग्रह प्रक्षेपण गर्यो


तितोपाटी – चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ । उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो ।

केन्द्रका अनुसार उक्त भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रवेश गरेको छ । उक्त भूउपग्रह चाङ गुआङ सेटेलाइट टेक्नोलोजी कम्पनीले निर्माण गरेको हो ।

उक्त भूउपग्रहको माध्यमबाट रिमोट सेन्सिङ तथ्याङ्क प्राप्त गर्नुका साथै वन, सिपिङ, स्रोत तथा वातावरण अनुगमनका लागि पनि प्रयोग हुनेछ । यो भूउपग्रह चीनले यसअघि प्रक्षेपण गरिएका १० वटा जिलिन–१ भूउपग्रहकै एक भाग हो ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...