Sunday 21st December 2025

लागु औषध तस्करको आरोपमा १ क्यानडेली नागरिकलाई चीनमा मृत्युदण्ड


तितोपाटी – लागुऔषध तस्करीको आरोपमा चिनियाँ प्रहरीको हिरासतमा रहेका एक क्यानडेली नागरिकलाई यहाँको अदालतले मृत्युदण्ड सुनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्यानडेली नागरिक रोबर्ट लोयड सेलेबर्गलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको हो। सुरुमा उनलाई १५ वर्ष कैद सजाय सुनाइएको थियो। त्यसविरुद्ध गरिएको पुनरावेदनमा अदालतले पुरानो सजाय निकै कम रहेको ठहर गर्दै मृत्युदण्डको फैसला गरेको हो।

यो फैसला आउनुको पछाडी चीन र क्यानडाबीचको सम्बन्धमा पछिल्लो समय आएको दरारका रुपमा हेरिएको छ।
चिनियाँ दुरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकारीलाई अमेरिकी आग्रहमा क्यानडाले पक्राउ गरेपछि चीन रुष्ट थियो। त्यसको केही दिनपछि चिनियाँ अदालतले क्यानडेली नागरिकको सजाय फेर्नुलाई चीनको ‘जस्तालाई तस्तै’  नीतिको रुपमा हेरिएको छ।

यो फैसलाले क्यानडा र चीनबीचको कूटनीतिक सम्बन्धमा अझै तनाव आउने देखिएको छ। चिनियाँ अदालतको फैसलाप्रति क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आपत्ति जनाउँदै आफूहरुको गम्भीर चासो रहेको बताएका छन्।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...