Wednesday 18th March 2026

लागु औषध तस्करको आरोपमा १ क्यानडेली नागरिकलाई चीनमा मृत्युदण्ड


तितोपाटी – लागुऔषध तस्करीको आरोपमा चिनियाँ प्रहरीको हिरासतमा रहेका एक क्यानडेली नागरिकलाई यहाँको अदालतले मृत्युदण्ड सुनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्यानडेली नागरिक रोबर्ट लोयड सेलेबर्गलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको हो। सुरुमा उनलाई १५ वर्ष कैद सजाय सुनाइएको थियो। त्यसविरुद्ध गरिएको पुनरावेदनमा अदालतले पुरानो सजाय निकै कम रहेको ठहर गर्दै मृत्युदण्डको फैसला गरेको हो।

यो फैसला आउनुको पछाडी चीन र क्यानडाबीचको सम्बन्धमा पछिल्लो समय आएको दरारका रुपमा हेरिएको छ।
चिनियाँ दुरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकारीलाई अमेरिकी आग्रहमा क्यानडाले पक्राउ गरेपछि चीन रुष्ट थियो। त्यसको केही दिनपछि चिनियाँ अदालतले क्यानडेली नागरिकको सजाय फेर्नुलाई चीनको ‘जस्तालाई तस्तै’  नीतिको रुपमा हेरिएको छ।

यो फैसलाले क्यानडा र चीनबीचको कूटनीतिक सम्बन्धमा अझै तनाव आउने देखिएको छ। चिनियाँ अदालतको फैसलाप्रति क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आपत्ति जनाउँदै आफूहरुको गम्भीर चासो रहेको बताएका छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...