राज मल्ल – केही दिन पहिला कुवेतमा सम्पन्न एक कार्यक्रममा विशेष अतिथिको आषन ग्रहण गर्दै एनआरएनए एनसिसि कुवेतले लामो समय पछि समाजमा फेरि आफ्नो उपस्थिति जनायो । भूमिगत जस्तै भएको एनसिसिले यसरी आन्तरिक रुपमै संस्थालाई जागरुक गराउँदै नेतृत्वको हेरफेर गरि एक्कासी समाजमा सार्बजनिक हुँदा कार्यक्रममै धेरैले कानेखुसी गरे । जतिलाई चासो थियो नव गठित समिति वारे जान्न चाहे । चासो नलिनेहरुलाई मतलब हुने कुरा भएन । हुन त कुवेतमा विगतदेखि नै ब्यापर बिज़नेसमा पहुँच भएका र केही उच्च ओहोदामा रहेका बाहेक आम श्रमिकहरुको नजरमा कहिल्यै पर्न सकेन एनसिसि । स्थापना कालदेखि नै सँस्थाले गरेका सामाजिक कार्यहरु भन्दा पनि चुनाब हुने ताकाको गतिविधिहरुले चर्चामा आउने गर्छ एनअारएनको एनसिसि कुवेत ।
नेपाल सरकारद्वारा मान्यता प्राप्त नेपाली राजदूतावास पछिको दोस्रो नेपालीहरुको साझा संस्था मानिएको एनअारएनले नेपालीहरुको हक़ हितको लागी स्थापना भएको बताए पनि नेपाल बाहिरका नेपालीहरुको छाता संगठनको रुपमा रहेको एनअारएन एनसिसि कुवेतको हकमा भने श्रमिकहरुको हकमा घरेलु महिला कामदारको प्रवेश रोक्न गरेको हस्ताक्षर संकलन बाहेक खासै उपलब्धिमुलक कामहरु गरेको पाइदैन । न त विगतमा भएका विभिन्न एनआरएनए विश्व सम्मेलनमा पुर्याएका कुवेतका श्रमिकहरुका आम समस्या बारे कसैले सम्बोधन गरे न त कुवेतका लागि पारित बजेटको कतै हिसाब किताव भयो । ख़ैर यो पाटो यही बिट मारौ ।
प्रसंग बदलौ, हिजो नेपाली राजदूतावास कुवेतले श्रमिकहरुको हकहित प्रवर्द्धन एवं समस्या समाधान अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । विगत लामो समसदेखि कम्पनिको क्याम्प र कार्यस्थलमा गएर दूतावासले गर्दै आएको उक्त अन्तरक्रिया हिजो आफ्नै सभाहलमा दूतावासको कुवेती वकिल, केही कम्पनिका ब्यबस्थापक र श्रमिकहरु साथै केही संघ संस्थाका पदाधिकारी, पत्रकार सगै दूतावास परिवारको उपस्थितिमा आयोजना गरेको थियो । खुसीको कुरा त के भने निर्धारित समय मै सुरु भएको उक्त कार्यक्रमले नेपाली समाजमा हुने नेपाली टाइमवाला कार्यक्रमलाई गतिलो सबक़ सिकाएको छ ।
अन्तरक्रियाकै बिचमा जब प्रश्न उत्तरको पालो आयो सवैले श्रम गरिरहँदा आफुले देखे भोगेका समस्याहरु क्रमशः राखे भने दूतावास प्रतिनिधिले समस्या प्रति आफुहरुले देखाएको चासो, समाधान र उपाय सहित उत्तर दिए । कार्यक्रम सुरु भएको करिव १ घण्टा पछि सभाहलमा एनआरएनए एनसिसि कुवेतले प्रवेस गर्यो । प्रवेस गरेको केही समयमै मन्च खोज्दै पुरानै शैलीमा तयार पारिएको रेडिमेड भाषण बाचन गर्दै गर्दा अन्तरकृयाको विषय प्रवेस भन्दा पनि कुवेतमा कृयाशिल पत्रकारहरुलाइ फेरि घुमाउरो पारामा पत्रकारिता गर्न सिकायो र विदा भयो । हुन त अतीतमा पनि केहि आफुलाइ राजनीतिक पहरेदार ठान्नेहरुले दूतावासका सभाहलमा पत्रकारकै अन्तरक्रिया कार्यक्रममा “कुवेतमा किन चाहियो पत्रकार “भन्न सम्म भ्याएका थिए ।
नितान्त परोपकारी पत्रकारितामा दिनरात खट्ने पत्रकारलाई हेर्ने दृष्टिकोण फरक भएपनि आवश्यकतालाई भने कसैले नकार्न सक्दैन भन्ने कुरा हिजोकै रेडिमेड भाषणबाट पनि यो कुरा झल्किन्छ । पत्रकारको अस्तित्व नै स्विकार नगर्ने पक्षले आफ्नै भाषणमा पत्रकारवारे दुई शब्द खर्चिनुले सजिलै बुझ्न सकिन्छ कि उस्ले पनि आफ्नो अस्तित्व अझै छ भनेर समाजमा देखाउन पत्रकारकै साहरा लिएको हो ।
एनसिसि कुवेतलाई धेरैले नेतृत्व दिए , आफ्नो गक्ष अनुसारको कार्य समेत गरे, पत्रकार महासंघमा पनि धेरै आबद्द भए र छोड़े पनि । आउने जाने क्रम जारी नै रहन्छ । किनभने यहा न त कोही केवल नितान्त एनसिसि हाक्न आएको नत पत्रकारिता गर्न नै। हो हामी यहा श्रम गर्न आएको हो । तर श्रम गरि बचेको समयलाइ नै केही बौद्धिक ब्यक्तिहरुले सामाजिक कार्यहरु गर्ने क्रममा समयको माग सगै सबै स्थापना भएका हुन ।
यहाहरु सबैलाइ अवगत नै छ केही समय पहिला नेपाल पत्रकार महासंघको नेतृत्व र एनसिसिको नेतृत्व विच घटेको दुःखद घट्नाले दुवै संस्थाको सम्बन्ध ३६ को अकड़ामा पुगेको छ । ३६ को आँकड़ा कसरी भने आन्तरिक रुपमै जुर्मुराएको एनसिसिले पछिल्लो समय मिडियालाई कुनै स्थान दिएको छैन भने मिडियाले पनि कुनै चासो दिएन । तर हिजोको रेडिमेड भाषणमा कोड गरिएको फेसबुके पत्रकारिता भन्ने शब्दले अझै एनसिसिले पत्रकार माथि तुष पालेरै हिडेको स्पष्ट हुन्छ ।
हो कुवेतमा पत्रकार महासंघ वैदेशिक शाखा कुवेतमा आबद्द नभइ स्वघोषित रुपमा नागरिक पत्रकारिता गर्ने साथीहरु पनि छन । जस्लाइ एनसिसिले फेसबुके भन्छ हामी नागरिक पत्रकारिता भन्छौ । पत्रकारिता जस्ले जसरी गरेपनि आखिर दिने सहि सुचना नै हो । यदि ग़लत सुचना दिएको खण्डमा त्यस्को खण्डन सहित पत्रकार महासंघमा निवेदन दिन सकिन्छ । समस्या समाधानका आफ्नै पाटाहरु छन । तर एनसिसिले महासंघसँग आधिकारिक्ता माग्नु भन्दा पनि फेसबुके पत्रकार को पछि भाग्नुलाई कसरी लिने ?
कम्जोरि महासंघमा आवद्द मिडिया र मिडियाकर्मीहरूमा छदै छैन भन्ने खोजिएको छैन र हैन पनि । हामीमाझ पनि छन धेरै कम्जोरिहरु छन् । न्यूजब्रेकिङका लागि क्रसचेक बिना समाचार तयार पार्नु, सार्वजनिक चासो भन्दा पनि व्यक्तिगत विषयका समाचारहरूलाइ बढ़ी महत्त्वका साथ स्थान दिनु, कुनै पनि कार्यक्रमको चाहिने भन्दा बढ़ी प्रचार प्रसार गर्नु , मिडिया हाउसका फेसबुक पेजहरुमा चाहिने भन्दा बढ़ी लाइभ, एयरपोर्ट झर्दा देखि चढ्दा सम्म र खादा देखि …..सम्म मरिमेटि भएजति सबै मिडियाकर्मीले काँधमा बोक्नुले पनि मिडियाकर्मी सस्तो लोकप्रियताको पछि लागेको देखिन्छ । यि विषयमा सबै मिडियाहाउस र मिडियाकर्मीले समयमै ध्यान दिनु जरुरी छ ।
पत्रकार महासंघ र एनसिसि कुवेत दुवै संस्था सबैलाइ अत्यावश्यक नै छन । केही घटनाक्रमले आपसी दुरिलाइ बढाए पनि अवको नेतृत्वले सबैका समस्याहरुको पहिचान गरि समन्वय गर्दै सम्पुर्ण नेपाली श्रमिकका साथै नेपाली समाजको हकहितमा लागे सबैको भलो हुने थियो कि ।