Thursday 9th October 2025

शेख हसिनाले चाैथो कार्यकालको लागि प्रधानमन्त्री पदको सपथ लिइन्


तितोपाटी – बंगलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । राजधानी ढाकास्थित बंगाभवनमा आयोजित समारोहमा ७१ वर्षीय हसिनालाई राष्ट्रपति मोहम्मद अब्दुल हमिदले शपथ दिलाएका हुन्। बंगलादेशमा हालै भएको निर्वाचनमा आफ्नो दलले संसद्मा बहुमत हासिल गरेसँगै हसिना पुन: प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्।

चार पटक बंगलादेशको बंगलादेशको प्रधानमन्त्री बनेकी हसिनाको यो लगातारको तेस्रो कार्यकाल हो। प्रधानमन्त्रीको शपथसँगै नयाँ मन्त्रीहरुलाई पनि राष्ट्रपतिले शपथ गराएका छन्। ४६ मन्त्रीमध्ये ३१ नयाँ अनुहारका भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यसअघि राष्ट्रपति हमिदले संसदको बहुमत प्राप्त दल अवामी लिगका अध्यक्ष हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका थिए। गत डिसेम्बर ३० मा भएका आमनिर्वाचनमा अवामी लिगको गठबन्धनमा आवद्ध पार्टीले २ सय ८८ सिट जितेका थिए।

बंगलादेशको संसद्मा २ सय ९९ सिट छन्। हसिना सन् २००९ देखि लगातार बंगलादेशको प्रधानमन्त्रीमा छन्। त्यसअघि उनी सन् १९९६ देखि २००१ सम्म प्रधानमन्त्री बनेकी थिइन्। नयाँ संसदको अधिवेशन भने जनवरी २८ देखि सुरु हुने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

प्रतिकृयाहरू
...