Thursday 25th April 2024

सांगितिक साहित्य यात्रा समुहद्वारा ब्लड क्यान्सर पीडित गरिमा देवकोटालाई आर्थिक सहयोग


तीतोपाटी डटकम- ९ बर्षकै उमेरमा ब्लड क्यान्सर जस्तो प्राण घातक रोग लागेर अस्पातलमा छटपटाइ रहेकी बालिका गरिमा देबकोटालाई सांगितिक साहित्य यात्रा समुहद्वारा आर्थिक सहयोग गरिएको छ।

सांगितिक साहित्य यात्रा समुहका अध्यक्ष तथा चर्चित कार्यक्रम “बुलन्द आवाज”का संचालक राजन नेपालले तितोपाटी डटकम मार्फत भने”सानै उमेरमा ब्लड क्यान्सर जस्तो रोगबाट पीडित गरिमा देबकोटाको उपचारका लागि सांगितिक साहित्य यात्रा समुहले सानो आर्थिक सहयोग गरेको छ।हामी देश बिदेशमा बस्ने सम्पूर्ण नेपाली सहयोगी मनहरुलाई आफुले सकेको सहयोग गर्दै उनको जिबन रक्षाका लागि अनुरोध गर्दछौ।”

सिभिल अस्पातल बानेश्वरमा बेड नं-२४० मा उपचाररत गरिमा देबकोटालाई सहयोगका लागि गरिमाका बुवा गोपाल देबकोटालाई संपर्क गर्न सक्नु हुनेछ।यस अभियानमा टोखा नगरपालिकाका समाज सेबीहरु र बुद्दीजिबिहरु तथा झोर महाँकाल युवा क्लबले पनि साथ, सहयोग गर्दै सबैलाई सहयोगका लागि आबहान गरीरहेको छ।

सहयोग को लागि
गोपाल देबकोटा(ब्लड क्यान्सर पीडित बालिकाको बुवा)
संपर्क नं-००९७७-९८४९३२४०९८
बैक एकाउण्ट-०३१४०००००३९२५२४(बैक अफ काठमान्डौ)

 


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...