Thursday 8th October 2026

सांगितिक साहित्य यात्रा समुहद्वारा ब्लड क्यान्सर पीडित गरिमा देवकोटालाई आर्थिक सहयोग


तीतोपाटी डटकम- ९ बर्षकै उमेरमा ब्लड क्यान्सर जस्तो प्राण घातक रोग लागेर अस्पातलमा छटपटाइ रहेकी बालिका गरिमा देबकोटालाई सांगितिक साहित्य यात्रा समुहद्वारा आर्थिक सहयोग गरिएको छ।

सांगितिक साहित्य यात्रा समुहका अध्यक्ष तथा चर्चित कार्यक्रम “बुलन्द आवाज”का संचालक राजन नेपालले तितोपाटी डटकम मार्फत भने”सानै उमेरमा ब्लड क्यान्सर जस्तो रोगबाट पीडित गरिमा देबकोटाको उपचारका लागि सांगितिक साहित्य यात्रा समुहले सानो आर्थिक सहयोग गरेको छ।हामी देश बिदेशमा बस्ने सम्पूर्ण नेपाली सहयोगी मनहरुलाई आफुले सकेको सहयोग गर्दै उनको जिबन रक्षाका लागि अनुरोध गर्दछौ।”

सिभिल अस्पातल बानेश्वरमा बेड नं-२४० मा उपचाररत गरिमा देबकोटालाई सहयोगका लागि गरिमाका बुवा गोपाल देबकोटालाई संपर्क गर्न सक्नु हुनेछ।यस अभियानमा टोखा नगरपालिकाका समाज सेबीहरु र बुद्दीजिबिहरु तथा झोर महाँकाल युवा क्लबले पनि साथ, सहयोग गर्दै सबैलाई सहयोगका लागि आबहान गरीरहेको छ।

सहयोग को लागि
गोपाल देबकोटा(ब्लड क्यान्सर पीडित बालिकाको बुवा)
संपर्क नं-००९७७-९८४९३२४०९८
बैक एकाउण्ट-०३१४०००००३९२५२४(बैक अफ काठमान्डौ)

 


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

प्रतिकृयाहरू
...