Sunday 9th November 2025

भारतको केरलामा रहेको सबरीमाला मन्दिरमा महिला पसेको निहुँमा उग्र प्रदर्शन, २ हजार भन्दा बढी पक्राउ


तितोपाटी – भारतको केरलास्थित सबरीमाला मन्दिरमा महिला प्रवेशपछि गरिएको विरोध प्रदर्शन जारी रह्यो । केरलाका विभिन्न स्थानमा प्रहरी तथा प्रदर्शनकारीबीच झडपहरू भएका छन् ।

झडपमा परी दर्जनौंघाइते छन् । प्रहरीले राज्यका विभिन्न स्थानमा शनिबार हिंसात्मक गतिविधिमा संलग्न २ हजारभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । अधिकारीहरूले हालसम्म पक्राउ गरिएकाको संख्या ३ हजार नाघेको छ ।

अधिकारीहरूले शनिबार भारतीय जनता पार्टीका राज्यसभा सदस्य भी मुरलीधरनको पुख्र्यौली घरमा बम विस्फोट गराइएको छ । विस्फोटपछि घर क्षतिग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसैगरी राष्ट्रिय स्वंयसेवक संघको कान्नुरस्थित कार्यालयमा आगजनी गरिएको छ ।

गत बुधबार केरालास्थित सबरीमाला मन्दिरमा दुई महिला प्रवेश गरेपछि स्थानीय हिन्दु संगठनहरूले विरोध प्रदर्शन गर्दै आएका छन् । घटनाको विरोधमा हिन्दुवादी समूहहरूको छाता संगठन सबरीमाला कर्मा समितिले प्रदर्शनको नेतृत्व गर्दै आएको छ । भारतीय जनता पार्टी (भाजपा) ले विरोध प्रदर्शनको समर्थन गर्दै आएको छ ।

सबरीमाला मन्दिरमा करिब ८ सय वर्ष अघिदेखि रजश्वला हुने उमेरका महिलालाई रोक लगाइँदै आएको थियो । तर सर्वोच्च अदालतको आदेशअनुसार बुधबार २ महिलालाई प्रवेश गराइएपछि विरोध सुरु भएको हो ।

हिन्दुवादी संगठनले मन्दिरको परम्परा बचाउन महिलालाई मन्दिर प्रवेशमा रोक लगाउनुपर्ने बताउने गरेको छ ।

-एएफपी


सम्बन्धित शीर्षकहरु

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

प्रतिकृयाहरू
...