Wednesday 18th March 2026

क्यालिफोर्नियामा गोली चल्दा ३ जनाको मृत्यु


तितोपाटी – अमेरिकाको लस एन्जल्स नजिकै गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्।क्यालिफोर्निया प्रहरी कार्यालयका अधिकृत रोनाल्ड ह्यारिसले ग्याबल हाउस बाउलमा स्थानीय समय अनुसार शुक्रबार राति करिब १२ बजे गोली चलेको प्रहरीले बताएकाे छ।

मृत्यु हुने तथा घाइते हुने सबै पुरुष रहेकाे बताइएकाे छ। घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।टोरेन्स प्रहरी विभागले ट्वीट गर्दैै स्थानीयवासीलाई बाहिर ननिस्कन आग्रह गरेको छ।

लस एन्जलसको मुख्य सहरी भागबाट घटनास्थल टोरेन्स करिब ३२ किलोमिटरको दूरीमा रहेको छ।अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकामा गोलीकाण्डमा परेर सन् २०१७ मा मात्र ४० हजारले ज्यान गुमाएका थिए।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...