Thursday 8th October 2026

दुबै मृगौला पीडित भुजेललाई मुना गहतराज द्वारा आर्थिक सहयोग


तितोपाटी – धरान उपमहानगरपालिका वडा नं. १६ का दुबै मृगौला पीडित प्रज्वल भुजेललाई मुना गहतराजको सक्रियतामा आर्थिक सहयोग गरिएको छ ।

मुना गहतराजको विशेष पहलमा कुवेतमा कार्यरत नेपालीहरु बाट संकलन गरिएको आर्थिक रकम चाैतीस हजार बैसठ्ठी रुपैयाँ (३४,०६२) मृगौला पीडित भुजेललाई सहयोग गरिएको छ । लामो समय देखि दुबै मृगौला पीडित प्रज्वल भुजेल भक्तपुरको अंग प्रत्यारोपण अस्पतालमा उपचार गराइरहेका छन ।

कुवेतमा लामो समय देखि मुना गहतराज घरेलु कामदारको रुपमा कार्यरत भएर पनि विभिन्न संघ सस्थाहरुमा आबद्ध भइ समाज सेवा गर्दै आइरहेकी छिन । उनी नमुना बिश्वकर्मा समाज नेपाल कुवेतको महिला सशक्तीकरण हुन भने हालसालै कुवेतको नेपाली समाजमा स्थापना भएको शिल्पी संघ नेपाल कुवेतको उपाध्यक्ष हुन ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

प्रतिकृयाहरू
...