Sunday 9th November 2025

अमेरिकी राष्ट्रपति ट्रम्प आकस्मिक रूपमा इराक भ्रमणमा


तितोपाटी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गरेका छन् । उनको अमेरिकी राष्ट्रपति निर्वाचित भएपछिको यो पहिलो इराक भ्रमण हो । उनको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले इराकको भ्रमण गरेर त्यहाँबाट जर्मनी प्रस्थान गरेको केही घन्टापछि मात्र उनको भ्रमणको बारेमा जानकारी गराइएको थियो ।

इस्लामिक स्टेट परास्त भैनसकेको र सिरियामा जारी गृहयुद्ध पनि समाप्त नभएको अवस्थामा सिरियामा तैनाथ करिब दुई हजार अमेरिकी सेना फिर्ता गर्ने र विश्वव्यापी रुपमा अमेरिकी सुरक्षा अधिकारीको भूमिकालाई अन्त्य गर्ने ट्रम्पले घोषणा गरेका थिए ।

यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले गर्नुभएको इराक भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । राष्ट्रपति ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया स्थानीय समयाअनुसार बुधबार बेलुका ७ः १६ मा पश्चिम इराकमा रहेको अल असाद एयर बेसमा पुगेका थिए ।

राष्ट्रपति ट्रम्पले इराक छोड्नु केही घण्टा अगाडि करिब एकसय जना अमेरिकी विशेष सैन्य कमाण्डर र अरु केही अधिकारीहरुसँग सामुहिक वार्ता गरेका थिए। यसरी विभिन्न समूहमा छुट्टाछुट्टै रुपमा गरिएको वार्ताको क्रममा हाल इराकमा रहेका अमेरिकी सैनिकको अवस्थाका साथै इराकको सुरक्षा अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ ।

यसअघि नै इराकका प्रधानमन्त्री अदेल अब्देलसँग ट्रम्पको औपचारिक भेटवार्ता हुने कुरा थियो । तर पछि भने उनीहरुबीच भेट नभई फोनवार्ता मात्र भएको बताइएको छ । इराकी प्रधानमन्त्रीको कार्यालयद्धारा जारी विज्ञप्तिका अनुसार सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले इराकी प्रधानमन्त्रीलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएका थिए ।

त्यस फोनवार्ताका क्रममा अमेरिकी सेना फर्काउने विषयमा उनीहरुबीच कुराकानी भए नभएको बारेमा भने केही बताइको छैन । इराकको उक्त अमेरिकी सैन्य बेस क्यापमा हसिलो मुहार लगाएर अमेरिकी राष्ट्रपतिको स्वागतार्थ बसेका अमेरिकी सुरक्षा अधिकारीहरुसँग राष्ट्रपति ट्रम्पले हात मिलाएका थिए । साथै उनले सैन्य अधिकारीहरलाई अटोग्राफ पनि दिएका थिए ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यससम्बन्धी भिडियो पनि सार्वजनिक गरेको छ । राष्ट्रपति ट्रम्प इराकको उक्त भ्रमण सकेर जर्मनी पुग्नुभएको अर्को एक समाचारमा जनाइएको छ । –एएफपी


सम्बन्धित शीर्षकहरु

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

प्रतिकृयाहरू
...