Saturday 20th April 2024

गजल


माधव पाैडेल “असल यात्री”

साझँमा खेलेको लुकामारी पुरानो गाउँमा

सम्झि रुदै छिन रे प्यारी पुरानो गाउँमा ।

बनमा काफल,चुत्रो,अमारो,कटुस पाक्थो

थियो नजिकै अैशेलु घारी पुरानो गाउँमा ।

लेक बेशी झर्दाको पल को भुल्न सक्छ र ?

चौतारीमा स्वामीको छहारी पुरानो गाउँमा ।

गाउँघरको खबर ल्याउछ कागले काँ काँ गर्दै

अचेल बाझै छन् रे खेतबारी पुरानो गाउँमा ।

रक्षानमा साग हुन्थे बगैचामा फलफूल लटरम्म

किनेर ल्याछन् रे बासी तरकारी पुरानो गाउँमा ।

मठ मन्दिरहरु छैन अरे पुजा पाठ बन्दै भो रे

कहाँ होलान् बाबा ब्रह्मचारी पुरानो गाउँमा ।

छ भन्दैमा धनाढ्यहरुले सुन खाएर हुन्न क्यारे

भोटबाट ल्याउनुछ नुन एक भारी पुरानो गाँउमा ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...