Thursday 18th April 2024

साप्ताहिक राशिफल(पुष ६ गतेदेखि १२ गतेसम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष

लेखन तथा अन्य कार्यले उचित स्थान पाउनेछ । झिना–मसिना कुराले स्वास्थ्यमा गडबडी सिर्जना गर्न सक्छ । सामाजिक क्षेत्रमा गरिएका कार्यबाट प्रतिष्ठा प्राप्त हुनेछ । आफन्तजनबाट प्राप्त हुने सुझाव आत्मसात् गरे लाभ मिल्नेछ ।

वृष

सञ्चित धन खर्च गरी गहना खरिद गर्न पारिवारिक मत मिल्नेछ । सरसापटी तथा कर्जाको मात्रा वृद्धि भै मानसिक तनाव उत्पन्न हुन सक्छ । भ्रमणको सिलसिलामा तपाईंले नै खर्च गर्नुपर्ने हुन्छ । खरानी रंगलाई आत्मसात् गर्न सके केही राहत प्राप्त होला ।

मिथुन

परोपकारप्रति आकर्षित हुँदै प्रतिष्ठित कार्य सम्पन्न गरिनेछ । पारिवारिक सुख–सुविधाका निम्ति विभिन्न सामग्री खरिद गर्नुपर्ने हुनसक्छ । लामो दूरीको यात्रामा खर्चले पिरोल्नेछ । धन आगमनमा रहेका चुनौतीहरू यथास्थितिमै रहनेछन् । पश्चिम दिशाको यात्रामा फलिफाप होला ।

कर्कट

प्रियजनसँगको भेटघाटले दिनचर्या रमाइलो बनाउनेछ । कार्य सम्पादन गर्ने क्रममा त्रुटिवश सरसामान गुम्न सक्छ, सचेत रहनुहोला । ठूलो लगानीबाट थालिएको कार्यले उचित मुनाफा दिनेछ । सेतो तथा क्रिम रंग प्रयोग गरे कार्य सम्पन्न गर्न सहज हुनेछ ।

सिंह

व्यवसायको सिलसिलामा विदेश भ्रमणको साइत जुर्न सक्छ । साथीभाइबाट आफूले अपेक्षा गरेको सहयोग सजिलै प्राप्त नहुन सक्छ । अभिभावकको सरसल्लाहबेगर सेयर खरिद बिक्री गर्दा आर्थिक सङ्कट देखा पर्न सक्छ । साताको उत्तराद्र्धमा मनपर्ने व्यक्तिसँग भेटघाट हुनेछ ।

कन्या

परिस्थिति पहिचान गर्न सके प्रतिष्ठा सहित इनामसमेत प्राप्त हुनेछ । मित्रहरूले वचन पुरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । अनुकूल तथा प्रतिकूल अवस्थामा अरूको मुख ताक्नाले पछि परिएला । परोपकार तथा पूण्य आर्जनमा संलग्न भइनेछ ।

तुला

निजी तथा सरकारी क्षेत्रबाट विशेष अवसर प्राप्त हुनसक्छ । स्वदेशमै नयाँ अवसर हात लाग्न सक्छन् । प्रेमिकाको भावना साकार बनाउन थप धन खर्च गर्नुपर्नेछ । साथीभाइहरूमाझ चर्चित भइनेछ । सामाजिक सेवाको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ ।

वृश्चिक

मन मिल्ने साथी फेला पर्नुका साथै मायाको बन्धन कसिन सक्छ । आफूलाई चासो नभएका विषयमा सरोकार राख्दा दु:ख पाइनेछ । सोमबारदेखि कतिपय बाधा स्वत: हट्नेछन । इँटा रंगको प्रयोगले चुनौती सामना गर्न ऊर्जा मिल्नेछ । साताको अन्त्यमा स्वास्थप्रति सचेत रहनुहोला ।

धनु

मन पराउनेहरूले वेवास्ता गर्दा मानसिक तनावले सताउन सक्छ । पारिवारिक सरसल्लाहमा दुविधा सिर्जना हुन सक्छ । नगद सापटी लिएका साथीले आर्थिक समस्यामा पार्न सक्छन् । साथीहरूसँग मनोरञ्जन गर्दा खानपानमा हेलचेक्र्याइँ भै स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ ।

मकर

पारिवारिक असहयोगका कारण रोकिएका कार्यहरू सहयोगमा रुपान्तरण हुनेछ । पक्कापक्की भैसकेको मंगलिक कार्यको तिथि–मितिमा केही फेरबदल हुने सम्भावना छ । स्थान परिवर्तन तथा पदोन्नतिमा विवाद सिर्जना हुन सक्छ । लामो समयदेखि टाढिएका मित्र नजिकिनेछन् । नीलो रंग प्रयोग गर्न सके थप क्षति हुने क्रम रोकिनेछ ।

कुम्भ

धोकेवाजहरू विभिन्न प्रस्ताव राख्दै नजिकिने प्रयास गर्न सक्छन्, सचेत रहनुहोला । अभिभावकहरूसँग विचार विभेद उत्पन्न भै आफूप्रति गुनासो बढ्न सक्छ । विचार पुर्‍याएर गरिएका कार्यले भने फाइदा नै पुर्‍याउने देखिन्छ । यात्राका क्रममा महत्वाकांक्षाले जोखिम निम्त्याउने खतरा छ ।

मीन

गुलिया वस्तुको कम सेवनले स्वस्थ रहन सकिन्छ । सोमबारपछिको समय बढी प्रेरणादायक हुनेछ । विदेशी साथीसँगको भेटमा नयाँ अनुभव बटुलिनेछ । श्रृंगार तथा सजावटसम्बन्धी कार्यमा धन खर्च गर्नुपर्नेछ । साताको अन्त्यमा पूण्य कार्यमा समय खर्चिनेछ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

दक्षिण पश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ। यद्यपि भूकम्पबाट…

प्रतिकृयाहरू
...