Tuesday 12th May 2026

साप्ताहिक राशिफल(पुष ६ गतेदेखि १२ गतेसम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष

लेखन तथा अन्य कार्यले उचित स्थान पाउनेछ । झिना–मसिना कुराले स्वास्थ्यमा गडबडी सिर्जना गर्न सक्छ । सामाजिक क्षेत्रमा गरिएका कार्यबाट प्रतिष्ठा प्राप्त हुनेछ । आफन्तजनबाट प्राप्त हुने सुझाव आत्मसात् गरे लाभ मिल्नेछ ।

वृष

सञ्चित धन खर्च गरी गहना खरिद गर्न पारिवारिक मत मिल्नेछ । सरसापटी तथा कर्जाको मात्रा वृद्धि भै मानसिक तनाव उत्पन्न हुन सक्छ । भ्रमणको सिलसिलामा तपाईंले नै खर्च गर्नुपर्ने हुन्छ । खरानी रंगलाई आत्मसात् गर्न सके केही राहत प्राप्त होला ।

मिथुन

परोपकारप्रति आकर्षित हुँदै प्रतिष्ठित कार्य सम्पन्न गरिनेछ । पारिवारिक सुख–सुविधाका निम्ति विभिन्न सामग्री खरिद गर्नुपर्ने हुनसक्छ । लामो दूरीको यात्रामा खर्चले पिरोल्नेछ । धन आगमनमा रहेका चुनौतीहरू यथास्थितिमै रहनेछन् । पश्चिम दिशाको यात्रामा फलिफाप होला ।

कर्कट

प्रियजनसँगको भेटघाटले दिनचर्या रमाइलो बनाउनेछ । कार्य सम्पादन गर्ने क्रममा त्रुटिवश सरसामान गुम्न सक्छ, सचेत रहनुहोला । ठूलो लगानीबाट थालिएको कार्यले उचित मुनाफा दिनेछ । सेतो तथा क्रिम रंग प्रयोग गरे कार्य सम्पन्न गर्न सहज हुनेछ ।

सिंह

व्यवसायको सिलसिलामा विदेश भ्रमणको साइत जुर्न सक्छ । साथीभाइबाट आफूले अपेक्षा गरेको सहयोग सजिलै प्राप्त नहुन सक्छ । अभिभावकको सरसल्लाहबेगर सेयर खरिद बिक्री गर्दा आर्थिक सङ्कट देखा पर्न सक्छ । साताको उत्तराद्र्धमा मनपर्ने व्यक्तिसँग भेटघाट हुनेछ ।

कन्या

परिस्थिति पहिचान गर्न सके प्रतिष्ठा सहित इनामसमेत प्राप्त हुनेछ । मित्रहरूले वचन पुरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । अनुकूल तथा प्रतिकूल अवस्थामा अरूको मुख ताक्नाले पछि परिएला । परोपकार तथा पूण्य आर्जनमा संलग्न भइनेछ ।

तुला

निजी तथा सरकारी क्षेत्रबाट विशेष अवसर प्राप्त हुनसक्छ । स्वदेशमै नयाँ अवसर हात लाग्न सक्छन् । प्रेमिकाको भावना साकार बनाउन थप धन खर्च गर्नुपर्नेछ । साथीभाइहरूमाझ चर्चित भइनेछ । सामाजिक सेवाको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ ।

वृश्चिक

मन मिल्ने साथी फेला पर्नुका साथै मायाको बन्धन कसिन सक्छ । आफूलाई चासो नभएका विषयमा सरोकार राख्दा दु:ख पाइनेछ । सोमबारदेखि कतिपय बाधा स्वत: हट्नेछन । इँटा रंगको प्रयोगले चुनौती सामना गर्न ऊर्जा मिल्नेछ । साताको अन्त्यमा स्वास्थप्रति सचेत रहनुहोला ।

धनु

मन पराउनेहरूले वेवास्ता गर्दा मानसिक तनावले सताउन सक्छ । पारिवारिक सरसल्लाहमा दुविधा सिर्जना हुन सक्छ । नगद सापटी लिएका साथीले आर्थिक समस्यामा पार्न सक्छन् । साथीहरूसँग मनोरञ्जन गर्दा खानपानमा हेलचेक्र्याइँ भै स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ ।

मकर

पारिवारिक असहयोगका कारण रोकिएका कार्यहरू सहयोगमा रुपान्तरण हुनेछ । पक्कापक्की भैसकेको मंगलिक कार्यको तिथि–मितिमा केही फेरबदल हुने सम्भावना छ । स्थान परिवर्तन तथा पदोन्नतिमा विवाद सिर्जना हुन सक्छ । लामो समयदेखि टाढिएका मित्र नजिकिनेछन् । नीलो रंग प्रयोग गर्न सके थप क्षति हुने क्रम रोकिनेछ ।

कुम्भ

धोकेवाजहरू विभिन्न प्रस्ताव राख्दै नजिकिने प्रयास गर्न सक्छन्, सचेत रहनुहोला । अभिभावकहरूसँग विचार विभेद उत्पन्न भै आफूप्रति गुनासो बढ्न सक्छ । विचार पुर्‍याएर गरिएका कार्यले भने फाइदा नै पुर्‍याउने देखिन्छ । यात्राका क्रममा महत्वाकांक्षाले जोखिम निम्त्याउने खतरा छ ।

मीन

गुलिया वस्तुको कम सेवनले स्वस्थ रहन सकिन्छ । सोमबारपछिको समय बढी प्रेरणादायक हुनेछ । विदेशी साथीसँगको भेटमा नयाँ अनुभव बटुलिनेछ । श्रृंगार तथा सजावटसम्बन्धी कार्यमा धन खर्च गर्नुपर्नेछ । साताको अन्त्यमा पूण्य कार्यमा समय खर्चिनेछ ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा केही यस्ता बुँदाहरू समावेश भएका छन्, जसले दीर्घकालीन रूपमा मुलुकमा आशा…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित देशव्यापी रूपमा “सरसफाइ सप्ताह २०८३” घोषणा…

प्रतिकृयाहरू
...